जलवायु कूटनीति बलियो बनाउन घरेलु कार्यान्वयन मजबुत हुनुपर्छ:परराष्ट्रमन्त्री खनाल

काठमाडौं ,१६ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कामलाई मजबुत बनाउनुपर्ने बताउनु भयो ।

काठमाडौंमा आयोजित ‘काठमाडौँ क्लाइमेट विक’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन वातावरणीय विषयमा मात्र सीमित नरहेको भन्दै कृषि, पूर्वाधार, जल सुरक्षा, जनस्वास्थ्य, ऊर्जा, वित्तीय स्थायित्व र परराष्ट्र नीतिसमेत प्रभावित भइरहेको बताउनु भयो ।

उहाँले हालै संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्रमा नेपालको सहभागिताको मुख्य विषय जलवायु न्याय रहेको उल्लेख गर्दै हिमालय संरक्षणलाई विश्वव्यापी वातावरणीय सुरक्षासँग जोडेर अघि बढाउनुपर्ने बतउनु भयो ।

महासभाका क्रममा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म’ संवादले हिमाल, टापु तथा तटीय राष्ट्रहरूबीच जलवायु परिवर्तनका साझा प्रभावबारे सहकार्यको आवश्यकता औँल्याएको उहाँले बताउनु भयो ।

हिमनदी र महासागर एउटै जलवायु प्रणालीका अभिन्न अंग भएकाले जलवायु जोखिमलाई राजनीतिक सीमाभन्दा बाहिर रहेर हेर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री खनालले गत अगस्ट २६ मा भएको विपद्ले नेपालमा जलवायुजन्य जोखिमको गम्भीरता थप स्पष्ट पारेको बताउनु भयो । उच्च हिमाली क्षेत्रमा हिमनदी तथा चट्टान खस्दा आएको बाढी र लेदोसहितको बहावले जनधन, सडक, पुल, जलविद्युत् पूर्वाधार तथा स्थानीय जीविकोपार्जनमा ठूलो क्षति पु¥याएको उहाँले उल्लेख गर्नु भयो ।

जलवायुजन्य विपद्का कारण विकासका लागि छुट्याइएको स्रोत पटक–पटक पुनर्निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले जलवायु परिवर्तनलाई विकासका लागि संरचनात्मक चुनौतीका रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोगिरहेको बताउनु भयो ।

जलवायु न्यायका लागि नेपालले नयाँ, अनुमानयोग्य, सहज पहुँचयुक्त र अनुदानमा आधारित जलवायु वित्त, अनुकूलन सहयोग तथा प्रविधि हस्तान्तरणको माग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री खनालले जलवायु कूटनीतिसँगै मुलुकभित्रको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, हिमनदी पग्लिने तथा हिमतालको अवस्था निगरानी गर्ने वैज्ञानिक तथ्यांकलाई प्रभावमा आधारित पूर्वचेतावनी प्रणालीसँग जोड्नुपर्ने उहाँले बताउनु भयो । यस्तो प्रणालीमार्फत जोखिममा रहेका किसान तथा दुर्गम बस्तीमा समयमै सूचना पुर्याउन सकिने उहाँको भनाइ थियो ।

जलवायु वित्तलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र जलवायुजन्य जोखिम तथा नदी प्रणाली सीमापार प्रकृतिका भएकाले छिमेकी मुलुकसँग वैज्ञानिक सहकार्य बढाउनुपर्ने उहाँले बताउनु भयो । साझा नदी बेसिनका लागि वास्तविक समयको जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

परराष्ट्र मन्त्रालयले हालै छुट्टै जलवायु कूटनीति शाखा स्थापना गरेको जानकारी दिँदै मन्त्री खनालले यसले नेपालको घरेलु जलवायु अवस्थालाई अन्तर्राष्ट्रिय वार्तासँग जोड्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा