‘नक्कली बिरामी’ बनाएर पीजी सिट लिएको सांसद अन्सारीको आरोप

काठमाडौं ,१६ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली फ्याकल्टी र बिरामी देखाएर चिकित्सा शिक्षा आयोगको निरीक्षणमा अनियमितता गरिएको आरोप लगाउनु भएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अन्सारीले विगत १० दिनदेखि नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्र्याजुएट (पीजी) विद्यार्थीहरू आन्दोलनरत रहेको बताउनु भयो।

उहाँका अनुसार १० दिनअघि पीजी विद्यार्थीहरूलाई होस्टेल खाली गर्न, अस्पतालमा काम गर्न र कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको छ।

अन्सारीले विद्यार्थीहरूले मेडिकल कलेजको नाममा भइरहेको भनिएको अनियमितताको पर्दाफास गरेपछि उनीहरूमाथि यस्तो व्यवहार गरिएको दाबी गर्नुभयो।

उहाँले भन्नु भयो, ‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर—कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पीजी सिट लिइएको छ।’

चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेज व्यवस्थापनले सुरक्षा गार्डलाई बिरामी बनाएर इमर्जेन्सीमा राख्ने र पानी चढाउन लगाउने गरेको आरोप उहाँले लगाउनु भयो।

‘नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाएर रहेका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन,’ उहााले भन्नु भयो।

अन्सारीले विगतमा प्रभावशाली राजनीतिक व्यक्तिसँगको सम्बन्धका कारण यस्ता गतिविधिमा संलग्न संस्थामाथि कारबाही हुन नसकेको दाबीसमेत गर्नु भयो। उहाँले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनसमेत प्रभावमा परेको आरोप लगाउनु भयो।

‘आज ती विद्यार्थीहरू काठमाडौंको सडकमा घुमिरहेका छन्, कुनै सुनुवाइ भएको छैन,’ उहाँले भन्नाु भयो।

उहाँले शिक्षामन्त्रीलाई विद्यार्थीहरूको समस्याबारे गम्भीर छानबिन गरी उनीहरूको व्यवस्थापन गर्न आग्रह गरे। कलेजमा समस्या पुष्टि भए विद्यार्थीलाई अन्य मेडिकल कलेजमा व्यवस्थापन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने उहाँको भनाइ थियो।

सांसद अन्सारीले कलेजमा एउटा विषय पास गराउन नेपाली विद्यार्थीबाट ३ लाख र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँ लिने गरेको आरोपसमेत लगाउनु भयो। उहाँका अनुसार रकम लिएर उत्तरपुस्तिकामै उत्तर लेखेर पास गराउने गतिविधि भइरहेको छ।

उहाँले यस्ता गतिविधिले भविष्यमा बिरामीको उपचारमा गम्भीर त्रुटि निम्त्याउन सक्ने भन्दै राज्यले तत्काल विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बतानु भयो।

‘मुन्ना भाइ’मा हेर्दाखेरि त रमाइलो लाग्थ्यो ३ घण्टा, तर राज्यमा नै खुलेआम ‘मुन्ना भाइ’ चल्दाखेरि यो राज्यको लागि गम्भीर विषय हो,’ अन्सारीले भन्नु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो