झापामा रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य

झापा ,१६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

 

सांसद राना मगरले दशैं नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताउनु भयो ।

हात्ती आतंकका अतिरिक्त जग्गा सम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको उहाँले उल्लेख गर्नुभयो ।

जग्गाको निस्सा पाइसकेका सुकुम्वासीहरूलाई पुनस् नापीको नाममा दुस्ख दिने काम भइरहेको भन्दै उहाँले यस्तो कार्यप्रति असन्तुष्टि जनाउनु भयो ।

‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन । निस्सा पाइसकेका सुकुम्वासीले अब छिटो लालपुर्जा पाउनुपर्छ, प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन,’ उहाँले भन्नु भयो ।

केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भएको जनगुनासो सुनिएको बताउँदै उहाँले यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिनुभयो ।

हात्तीबाट पीडित किसानलाई राहत र लालपुर्जाको पर्खाइमा रहेका नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले अविलम्ब कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग उहाँले गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०