कोशी प्रदेशको ४८ स्थानमा सहायता कक्ष स्थापना

विराटनगर ,१६ असोज। दसैं, तिहार र छठ पर्व नजिकिएर घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै कोशी प्रदेशमा प्रहरीले सार्वजनिक यातायातमा हुने बढी भाडा असुली, टिकटमा ठगी, यात्रुमाथिको दुर्व्यवहार तथा अन्य अव्यवस्था नियन्त्रण गर्न निगरानी बढाएको छ ।

यात्रु समस्यामा परेपछि प्रहरी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले प्रदेशका १४ वटै जिल्लाका ४८ स्थानमा शुक्रबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । मोरङमा मात्रै १० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा प्रहरीसँगै यातायात क्षेत्रका प्रतिनिधिलाई समेत परिचालन गरिएको छ ।

विराटनगर बसपार्कमा सहायता कक्षको उद्घाटन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले चाडपर्वको यात्रालाई सुरक्षित र मर्यादित बनाउन सडकदेखि बसपार्कसम्म प्रहरीको उपस्थिति प्रभावकारी बनाइने बताए । यात्राका क्रममा बढी भाडा लिने, टिकटमा ठगी गर्ने, यात्रुमाथि दुव्र्यवहार गर्ने वा अन्य समस्या भए सहायता कक्षमै गुनासो गर्न उनले आग्रह गरे ।

‘यात्राका क्रममा समस्या परेपछि प्रहरी कार्यालय खोज्दै हिँड्नुपर्ने अवस्था आउने छैन । सहायता कक्षबाटै यात्रुका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

चाडपर्वको सुरक्षा सार्वजनिक यातायातमा हुने ठगी र अव्यवस्थामा मात्र सीमित नरहेको खनालले बताए । जुवातास, मादक पदार्थ सेवन तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा समेत प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । बाढीपहिरोका कारण सडक यात्रा प्रभावित भइरहेका बेला यात्रुको सुरक्षा, ट्राफिक नियमको पालना र सहज आवागमनका लागि यातायात व्यवसायी, मजदुर र प्रहरीबीच समन्वय आवश्यक रहेको उनले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वमा बढी भाडा असुली, यात्रुलाई जथाभावी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने गतिविधिमाथि निगरानी बढाइएको बताए । एउटै सिटमा एकभन्दा बढी टिकट काट्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याउने, बीच बाटोमै अलपत्र पार्ने तथा अमर्यादित व्यवहार गर्नेमाथि पनि कारबाही गरिने उनले बताए ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले यात्रुको चाप व्यवस्थापनसँगै सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्न सहायता कक्ष प्रभावकारी बनाइने बताए । यात्राका क्रममा समस्या आए सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन उनले आग्रह गरे ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार कोशीका १४ जिल्लाका ४८ स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । भारतसँग जोडिएका पशुपतिनगर, काँकडभिट्टा, विराटनगरको रानी र सुनसरीको कोशी कटानमा समेत छुट्टै सहायता कक्ष राखिएको उनले बताए । ती कक्षले भारतबाट आउने यात्रुलाई समेत सहजीकरण गर्ने गिरीले बताए ।

यातायात व्यवसायीहरूले पनि चाडपर्वमा यात्रुमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । यात्रुको सुरक्षा र सुविधालाई प्रहरी, व्यवसायी, मजदुर तथा यात्रु सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क