अनुसन्धान जारी

इनरुवाबाट ठुलो परिणाममा गाजा बरामद , दुई जना पक्राउ

इनरुवा , १९ भदौ । सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ । तरकारी शब्जीको आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले गाजा सहित दुई जनालाई पक्राउ गरेको हो ।काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ५६६ किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन् ।

 

चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा फेला परेको हो । ट्रक रोकेर जाँच गर्दा काउलीको बिचमा लुकाइएको गाँजा भेटिएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिनु भयो।पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक धनकुटाको सहिद भूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएका थिए । प्रहरीले चालक राईसँगै सोही ठाउँका १८ वर्षीय सहचालक सदीप राईलाई पक्राउ गरेको छ ।तरकारी ढुवानीको सामान्य आवरणमा गाँजा ओसारपसार भइरहेको भेटिएपछि प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ । बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर ओलीले बताउनु भयो ।

 

प्रहरीले दुवै जनाविरुद्ध लागु औषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पु¥याउने योजना थियो भन्ने खुलेको छैन । धनकुटा लगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, यसको वास्तविकता र कारोबारमा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजदेखि कांग्रेसमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

काठमाडौँ ,१९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदै छ । आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन

विद्युत महसुल भुक्तानी डिजिटल बनाउन मन्त्री श्रेष्ठको जोड

काठमाडौं,१९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुलको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनु भएको छ।

इनरुवाबाट ठुलो परिणाममा गाजा बरामद , दुई जना पक्राउ

इनरुवा , १९ भदौ । सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ । तरकारी शब्जीको आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको

बागलुङमा माटोको ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु, १ घाइते

बागलुङ,१९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । भने एक जना गम्भीर

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५