चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू

काठमान्डौं,२२ असोज । सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।

योजनाअन्तर्गत २८ हजार १ सय २६ जनशक्ति परिचालन गरिएको छ भने थप ४ हजार ५ सय जनशक्ति तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।

सीमा सुरक्षा, नागरिक तथा महत्वपूर्ण संरचनाको सुरक्षा, अपराध नियन्त्रण र विपद् उद्धारलाई प्राथमिकता दिँदै देशभर सुरक्षा तैनाथी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। चाडपर्वका लागि १ सय ४१ नागरिक सहायता कक्ष, १६ स्वास्थ्य कक्ष र १३ पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षाका लागि संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ।

मुख्य राजमार्गमा दुर्घटना तथा विपद्का घटनामा तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितका आकस्मिक उद्धार टोली परिचालन गरिएको छ। ठूलो दुर्घटनामा एकैपटक धेरै घाइतेको उद्धार गर्न सकिने गरी १६ स्थानमा विशेष उद्धार सवारीसाधनसमेत तैनाथ गरिएको छ।

सशस्त्र प्रहरीले दैनिक ४ सय १५ पिकेट, ४ सय १८ चेक प्वाइन्ट, ६ सय १ पैदल गस्ती, ५ सय ५५ मोबाइल गस्ती र १ सय ४६ द्रुत प्रतिक्रिया टोली परिचालन गर्ने जनाएको छ। सीमा क्षेत्रमा ५ सय ४ पिकेट र ४२ सीमा गस्तीसमेत सञ्चालन हुनेछन्। सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन र ४ सय १२ सीसीटिभी क्यामेरा प्रयोग गरिनेछ। विपद् उद्धारका लागि देशभर ५५ अस्थायी र १६ स्थायी विपद् उद्धार केन्द्रमा दक्ष जनशक्ति तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरीका अनुसार आपत्कालीन सहयोगका लागि टोल फ्री नम्बर १११४ र सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गर्न सकिनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र

रटेको ज्ञान होइन, सिकाइ मापन गर्ने परीक्षा प्रणाली आवश्यक छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ ,२२ असोज। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग

२७ वटा डाँकाचोरी मुद्दा लागेका मुख्य योजनाकार सहित ३ जना पक्राउ

काठमाडौं ,२२ असोज । काठमाडौंका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

विधान मिचेर गरिने गतिविधिले कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं,२२ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताउनु भएको छ। बिहीबार नेपाली कांग्रेस

चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू

काठमान्डौं,२२ असोज । सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत २८ हजार १ सय

माङसेबुङको ऐतिहासिक काम गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु

माङसेबुङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गाउँपालिकाको वडा नम्बर २ बाट बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको