टीभीएसको मोटरसाइकलमा पथरीमा लाखौंको ‘अचम्मैको डिल’

पथरी, २५ असोज /  मोरङको पथरी शनिश्चरे नगरको पथरी बजारमा टीभीएस शो रुम मार्फत मोटरसाइकल र स्कुटरको सट्टपट्टा तथा बिक्रीमा विभिन्न उपहारसहित ‘अचम्मैको डिल’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

दशैं तिहारको अवसरमा पथरी बजारको मन्दिरलाइनमा असोज २३ देखि कार्तिक १ गतेसम्म ‘अचम्मैको डिल’ अफर कार्यक्रम सञ्चालनमा छ । जसमा पहिलो दिन ९ वटा नयाँ मोटरसाइकल र स्कुटर बिक्री तथा सट्टापट्टा भएको छ । ग्राहकहरुले आफूसँगको जुनसुकै कम्पनीको मोटरसाइकल र स्कुटर सट्टा गर्न र टीभीएस ब्रान्डको मोटरसाइकल र स्कुटर लिन रुचाएको अवस्था छ । जसमा सबैभन्दा बढी स्कुटर बिक्री भएको देखिएको छ ।

पुरानो मोटरसाइकल र स्कुटीको सट्टापट्टा गर्दै नयाँ किन्ने ग्राहकका लागि अनलाइन उपहार चिठ्ठा कार्यक्रम अन्तर्गत सुनको चाबी (गोल्डेन की) तथा ६ हजारदेखि १० लाखसम्मको नगद उपहार पाउने व्यवस्था गरिएको टीभीएस मोटरसाइकल बिक्रेता लक्ष्मी अटोमोबाइल्सका प्रोप्राइटर लक्ष्मीप्रसाद श्रेष्ठले जनाउनु भयो ।
हेल्मेट निःशुल्क प्रदान गर्नुकासाथै प्रत्येक दिन २ जना ग्राहकका लागि ५ वर्षसम्मको निःशुल्क सर्भिसिङको सेवा समेत प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो ।

 

साथै ६० हजार किमीसम्म लाइफटाइम वारेन्टीका रुपमा वारेन्टी सेवा प्रदान गरिएको छ । यस अघि साउन १० देखि १६ सम्म सञ्चालित ‘अचम्मैको डिल’ मा ३७ वटा मोटरसाइकल बिक्री भएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

विराटनगर,२५ असोज । विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको

बाढी प्रभावितको उद्धारमा लाग्न कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौं,२५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा

बाढी र पहिरोले धादिङको प्रसिद्ध नृसिंह धाम क्षेत्र जोखिममा

धादिङ ,२५ असोज । धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम

ड्याम फुटेर बुढीगण्डकीमा बाढी आउँदा चुमनुब्रीका ५ जना बेपत्ता

काठमाडौँ ,२५ असोज । गोरखाको बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित चुन्तेत घर भएका ५ जना सम्पर्क विहीन भएका छन् । भेडी

टीभीएसको मोटरसाइकलमा पथरीमा लाखौंको ‘अचम्मैको डिल’

पथरी, २५ असोज /  मोरङको पथरी शनिश्चरे नगरको पथरी बजारमा टीभीएस शो रुम मार्फत मोटरसाइकल र स्कुटरको सट्टपट्टा तथा बिक्रीमा विभिन्न उपहारसहित ‘अचम्मैको डिल’ कार्यक्रम