झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहत कार्यालयहरूको टोलीले सीमा नाका र चेकपोइन्टहरूमा नियमित गस्ती तथा सवारी जाँच गर्ने क्रममा उक्त पटका बरामद गरेको हो । बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको छ ।

 

पटका ओसारपसारमा संलग्न एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्वको मौका छोपी सीमा क्षेत्रमा हुन सक्ने चोरीपैठारी, तस्करी तथा अन्य अवैध गतिविधि रोक्न गस्ती, निगरानी र आकस्मिक जाँचलाई थप कडा पारिएको नं २ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाममा २२ वर्षअघिको ज्यान मुद्दाका फरार प्रतिवादी प्रेमकुमार श्रेष्ठ पक्राउ, कारागार चलान

इलाम , कार्तिक १०। इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३

चितवनको बलियो सुरुवात

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ। चितवनका

नेपालीलाई सतर्क रहन दूतावासको अपिल

काठमाडौं ,१० कार्तीक। पछिल्लो समय साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय