काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहनु भएको छ। एनपीएलअन्तर्गत आज दुई खेल हुँदैछन्।

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार
विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने









