सञ्चारगृह र पत्रकार माथि धरपकड विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ ,१४ कार्तीक। पत्रकार र संचारगृह माथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् ।महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।

 

प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी भएका थिए ।शुक्रबार साँझ प्रहरीले नयाँ पत्रिका र दियोपोष्टको कार्यालयमा धरपकड गर्ने प्रयास गरेको थियो ।सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई पक्राउ गरेको थियो ।

 

पक्राउ परेका पत्रकारको रिहाइका लागि पत्रकार महासंघका प्रतिनिधिसहितका सञ्चारकर्मी साइबर ब्युरो पुगेका थिए । चौतर्फी विरोधपछि तीनै पत्रकारलाई प्रहरीले रिहा गरेको थियो ।प्रदर्शनका क्रममा पत्रकारहरुले विचौलिया—प्रधामन्त्री न्यायालय कनेक्सन छानविन गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, संसद इजलास र समाचार कक्षको स्वतन्त्रता सम्मान गर लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतले प्रदर्शनलाई सम्बोधन गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।

वर्षा र पानी निकासको समस्याले त्रिवि क्रिकेट मैदानमा खेल अनिश्चित

काठमाडौं,१४ कार्तीक । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताँउनु भएको

फेटामा स्वास्थ्य चौकी उदघाटन विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते

बारा,१४ कार्तीक ।बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १०

‘पत्रकार पक्राउबारे सत्यतथ्य सार्वजनिक गरी छानबिन होस्’ : विश्वप्रकाश शर्मा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरु माथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्ने बताँउनु भएको छ।शनिबार एक विज्ञप्ति जारी

आईटी तथा गेमिङ क्षेत्रका समस्या समाधान गर्न सरकारको तयारी

काठमाडौं,१४ कार्तीक। नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विद्यमान नीति, नियम र व्यावसायिक वातावरण पुनरावलोकन गर्ने भएको छ।गेम डेभलपमेन्ट

देवानगञ्जका खेतखेतमा विद्युत् : सिँचाइ खर्च घट्ने, किसानलाई राहत

सुनसरी ,१४ कार्तीक। सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्‍याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।नेपाल

कोरला नाका ठप्प, जोमसोम सडक अवरुद्ध

मुस्ताङ ,१४ कार्तीक। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका