देवानगञ्जका खेतखेतमा विद्युत् : सिँचाइ खर्च घट्ने, किसानलाई राहत

सुनसरी ,१४ कार्तीक। सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्‍याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब रु ३० करोडको लगानीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजना सम्पन्न भएपछि किसानले विद्युतीय मोटरमार्फत कम खर्चमा सिँचाइ सुविधा उपयोग गर्न पाउने भएका छन् ।देवानगञ्ज गाउँपालिका–६ का कृषक हिरा मेहताले तीन बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गर्दै आँउनु भएको छ । विगत चार वर्षदेखि धानको बीउ वृद्धि गर्दै आँउनु भएको उहाँले यसअघि डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा करिब रु ३०० खर्च हुने गरेको बताँउनु भयो। विद्युत्बाट सिँचाइ गर्दा प्रतिघण्टा रु ५० भन्दा कम खर्च हुने उहाँले जानकारी दिनु भयो ।

 

गाउँपालिका–२ का अर्का कृषक रमेश मेहताले आठ बिघा जमिनमा धान, मकै, गहुँ, तोरी र जुट लगायतका बाली लगाउँदै आउनुभएको छ । डिजेल पम्पसेटबाट सिँचाइ गर्दा खर्च बढी लाग्ने र समयमै पानी लगाउन नसक्दा उत्पादनमा असर पर्ने गरेको उहाँले बताँउनु भयो ।सिँचाइका लागि नियमित खर्च गर्नुपर्ने भएकाले खेतीको लागत बढ्ने गरेको उहाँको भनाइ छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको कृषि विद्युतीकरण योजनाबाट किसानलाई राहत पुग्ने छ । उहाँले भन्नु भयो, आफ्नै पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब रु २०० तिर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।किसानको सिँचाइ खर्च घटाउने लक्ष्यसहित गाउँपालिकाले खेतखेतमा विद्युत्का पोल र तार विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था मिलाउन कामलाई तीव्रता दिएको छ । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार आयोजना अन्तिम चरणमा पुगेको छ । बाँकी क्षेत्रमा विद्युत्का पोल गाड्ने र तार विस्तार गर्ने काम भइरहेको छ । आगामी मङ्सिरदेखि आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी रहेको उहाँले बताँउनु भयो।

 

गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो । हाल वडा नम्बर ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेको छ भने अन्य क्षेत्रमा पनि काम अघि बढाइएको छ । आयोजना सम्पन्न भएपछि किसानले सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर हुनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।यसअघि गाउँपालिकाले सिँचाइका लागि किसानलाई विद्युतीय मोटर वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०८३र८४ मा एक हजार १६ वटा मोटर वितरण गरिएको छ भने अब करिब ५० वटा वितरण गर्न बाँकी रहेको अध्यक्ष मेहताले बताँउनु भयो ।

 

गाउँपालिकाको कृषि शाखाका अनुसार देवानगञ्जमा ६ हजार ४५ परिवार कृषि पेसामा आबद्ध छन् । यहाँ चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन रहेकामा तीन हजार ५८२ हेक्टरमा धान, तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२ हेक्टरमा गहुँ खेती हुने गरेको छ ।गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन् । यहाँ धान, मकै, गहुँ, जुट, उखु, केरा तथा काउली, बन्दा, ब्रोकाउली, टमाटर र करेलालगायतका तरकारी खेती हुने गरेको छ । विद्युतीय सिँचाइ सुविधा विस्तार भएपछि उत्पादन लागत घट्नुका साथै वर्षभरि खेती गर्न र कृषि उत्पादन बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।

वर्षा र पानी निकासको समस्याले त्रिवि क्रिकेट मैदानमा खेल अनिश्चित

काठमाडौं,१४ कार्तीक । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताँउनु भएको

फेटामा स्वास्थ्य चौकी उदघाटन विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते

बारा,१४ कार्तीक ।बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १०

‘पत्रकार पक्राउबारे सत्यतथ्य सार्वजनिक गरी छानबिन होस्’ : विश्वप्रकाश शर्मा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरु माथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्ने बताँउनु भएको छ।शनिबार एक विज्ञप्ति जारी

आईटी तथा गेमिङ क्षेत्रका समस्या समाधान गर्न सरकारको तयारी

काठमाडौं,१४ कार्तीक। नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विद्यमान नीति, नियम र व्यावसायिक वातावरण पुनरावलोकन गर्ने भएको छ।गेम डेभलपमेन्ट

देवानगञ्जका खेतखेतमा विद्युत् : सिँचाइ खर्च घट्ने, किसानलाई राहत

सुनसरी ,१४ कार्तीक। सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्‍याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।नेपाल

कोरला नाका ठप्प, जोमसोम सडक अवरुद्ध

मुस्ताङ ,१४ कार्तीक। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका