डोल्पा कारागार

सुरुङ खनेर ८ कैदी फरार

सुर्खेत,१४ कार्तीक । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गए राति सुरुङ खनेर फरार भएका हुन् ।डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका छन् । फरार हुनेमा पुर्पक्षका लागि थुनामा रहेका दुई जना र कैद सजाय भोगिरहेका छ जना रहेका छन् ।भेरी नदीको किनारमा रहेको कारागारबाट कैदीहरू सुरुङ खनेर भागेपछि सुरक्षा निकायले उनीहरूको खोजी कार्य सुरु गरेको छ । कारागार रहेको क्षेत्र र भेरी नदीको बिचमा पुलसमेत रहेकाले फरार कैदीहरू कुन बाटो हुँदै बाहिरिए भन्ने विषयमा चासो बढेको छ ।

 

एकै पटक आठ जना कैदी फरार भएपछि जिल्लाको सुरक्षा निकायलाई उनीहरूको खोजी तथा नियन्त्रणमा चुनौती थपिएको छ । फरार कैदीहरू कहाँ पुगेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन ।प्रमुख जिल्ला अधिकारी हमालले आठ जना कैदी फरार भएको पुष्टि गर्दै उनीहरूको खोजी भइरहेको जानकारी दिइनु भयो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

कारागारभित्र सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री कसरी व्यवस्थापन गरियो, सुरुङ खन्ने गतिविधिबारे सुरक्षाकर्मीले किन थाहा पाएनन् र कैदीहरू कसरी कारागारबाट बाहिरिन सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।कारागारमा १७ जना कैदी बन्दी रहेको अवस्थामा आठ जना एकै पटक फरार हुनुले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले फरार कैदीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।