फेसबुकको मित्रताले भारतको बन्धकसम्म पुर्‍यायो : अभिभावकको बेवास्ताले बालबालिका बेचबिखनको जोखिममा

काठमाडौँ , कार्तिक १७। आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम र आत्मीयता पाउन साथी खोज्न थालिन् । सामाजिक सञ्जाल फेसबुकबाट साथी त पाइन्, तर त्यही साथीले भारतसम्म पुर्‍याउला भन्ने उनले कल्पनासमेत गरेकी थिइनन् । भारतको बिहारस्थित एउटा कोठामा बन्धक बनाइएकी ती बालिकालाई ‘साथसाथ’ संस्थाले उद्धार गरी नेपाल ल्याएको थियो । परिवारमा एक्लोपन भोगेर मायाको खोजीमा भारतसम्म पुगेकी ती बालिका भन्छिन्, “मैलेजस्तै मायाको प्रलोभनमा परी घर छोडेर कुनै बालबालिका कतै जान नपरोस् ।” यस्तो अवस्था आउन नदिन अभिभावक नै बढी जिम्मेवार र सचेत हुनुपर्ने उनको भनाइ छ । उनलाई उद्धार गर्न खटिएकी अधिवक्ता रसना ढकालका अनुसार परिवारको माया र हेरचाह नपाउँदा धेरै बालबालिका मानव बेचबिखनको चक्रव्यूहमा फस्ने गरेका छन् । खासगरी बालिकामाथि हुने यौन शोषण र बेचबिखनको अवस्था अझै डरलाग्दो रहेको ढकालले बताइन् । ‘साथसाथ’ संस्थाले यो वर्ष दुई जना बालबालिकालाई बेचबिखनको जोखिमबाट जोगाएर परिवारसँग पुनर्मिलन गराएको छ । संस्थाका अध्यक्ष सुचिता शाहले सडक बालबालिकाको अवस्था हेर्दा परिवारको माया, स्नेह र अभिभावकको संरक्षण नपाएका बालबालिका सडकमा आउन बाध्य भएको बताइन् । उनका अनुसार नेपालमा पाँच हजारभन्दा बढी बालबालिका सडकमा बसोबास गर्ने तथा जीविकोपार्जनका लागि काम गर्ने अवस्थामा छन् ।

“सडकका बालबालिका बेचबिखनको उच्च जोखिममा पर्छन्”, उनले भनिन्, “उनीहरु प्रायः बालश्रमका सबैभन्दा निकृष्टस्वरुप तथा विभिन्न प्रकारका शोषणको सिकार हुने गरेका छन् ।” साथीको सङ्गतमा लागेर कञ्चनपुर हुँदै भारततर्फ जान लागेकी अर्की बालिकाको पनि संस्थाले बीच बाटोमै उद्धार गरेको अध्यक्ष शाहले बताइन् । उनका अनुसार घर छोडेर भाग्नुको कारण बुझ्दै जाँदा पीडित बालबालिकाले परिवारमा आमाबुबाको माया, हेरचाह र स्नेह नपाएको गुनासो गर्ने गरेका छन् । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै अभिभावकले बालबालिकालाई पर्याप्त समय दिन नसक्नु तथा सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभनमा परेर घरपरिवार छोड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको शाहले बताइन् ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार देशभर हराएका पाँच हजार ६९ जना बालबालिकाको खोजतलास गरिएको छ । तीमध्ये एक हजार ३५३ बालक र तीन हजार ७१६ बालिका रहेका छन् ।

खोजतलास गरिएकामध्ये चार हजार ४५६ जना बालबालिका फेला परेका छन् । फेला परेकामा एक हजार २१० बालक र तीन हजार २४६ बालिका रहेका छन् । उनीहरूलाई परिवारसँग पुनर्मिलन गराइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।त्यसैगरी, बेवारिसे अवस्थामा फेला परेका १८४ जना बालबालिकाको उद्धार गरिएको छ । तीमध्ये १०५ बालक र ७९ बालिका रहेका छन् । उद्धार गरिएकामध्ये १०७ जनाको परिवार पहिचान गरी पारिवारिक पुनर्मिलन गराइएको छ भने परिवार पहिचान हुन नसकेका ७७ जनालाई बालगृहमा अस्थायी संरक्षण सेवा प्रदान गरिएको छ ।तथ्याङ्कअनुसार ११५ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ । उद्धार गरिएकामध्ये ८७ बालक र २८ बालिका रहेका छन् । तीमध्ये ३१ जनाको परिवार पहिचान गरी पारिवारिक पुनर्मिलन गराइएको छ भने ८४ जनालाई अस्थायी संरक्षण सेवा प्रदान गरिएको छ ।यस्तै, हिंसा तथा जोखिममा परेका ५२८ जना बालबालिकाको तत्काल उद्धार तथा पुनःस्थापना गरिएको छ । तीमध्ये २०३ बालक र ३२५ बालिका रहेका छन् ।यस अवधिमा पाँच हजार ८८० जना बालबालिकालाई बाल हेल्पलाइनमार्फत जोखिम तथा हिंसासम्बन्धी मनोविमर्श, कानुनी परामर्श तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको छ ।

बालबालिकाको संरक्षणका लागि १० वटा संस्थालाई बालगृह सञ्चालन अनुमति प्रदान गरिएको छ भने २६ वटा बालगृहको सञ्चालन अनुमति नवीकरण गरिएको छ ।सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको वर्ष २०८२ को तथ्याङ्कअनुसार मानव बेचबिखन तथा ओसारपसारबाट १०५ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११ बालक र ९४ बालिका रहेका छन् ।त्यसैगरी, लागुऔषध प्रयोग तथा ओसारपसारसँग सम्बन्धित घटनामा ३१ जना बालबालिका पीडित, उद्धार गरिएका वा नियन्त्रणमा परेका छन् ।परिवारभित्र माया, स्नेह, संरक्षण र उचित हेरचाहको अभावले बालबालिका घर छोड्न बाध्य हुने तथा मानव बेचबिखन, बालश्रम र विभिन्न प्रकारका शोषणको जोखिममा पर्ने अवस्था देखिएको छ । यस्तो जोखिम न्यूनीकरणका लागि अभिभावकको जिम्मेवारीसँगै बालबालिकाको सुरक्षा, संरक्षण र पुनःस्थापनामा सम्बन्धित निकायको प्रभावकारी भूमिका आवश्यक देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौँमा प्रहरीको विशेष ‘स्वीप अपरेसन’ : एक सातामै ८२ फरार कसुरदारसहित ६४० जना पक्राउ

काठमाडौँ , कार्तिक १७। काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४०

काठमाडौँमा गैरकानुनी रूपमा बसोबास गर्ने पाँच विदेशी नागरिक पक्राउ, १४ थान राहदानी बरामद

काठमाडौँ , कार्तिक १७। काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स

ट्यालेन्ट हन्टबाट चम्किएका एनपीएलका नयाँ प्रतिभाहरू

काठमाडौं,१७ कार्तीक । त्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव

नेता, मन्त्री र जनप्रतिनिधि फेरिए तर फेरिएन इलाका प्रहरी कार्यालय कटहरियाको मुहार

रौतहट , कार्तिक १७। रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्