अनुसन्धान जारी

रात्रिकालीन बसमा महिला यात्रु माथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ

काठमाडौं,२० कार्तीक । काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा यात्रा गरिरहेकी महिलामाथि ती युवकहरूले हातपात तथा अभद्र व्यवहार गरेका थिए । घटनापछि पीडितको सूचना तथा उजुरीका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई कात्तिक १९ गते नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९, मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका वडा नं. ३, तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन् ।पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो

हुम्लामा भूकम्प , जोखिमको दृष्टिले संवेदनशील

हुम्ला कात्तिक २० । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका

आईजीपी फेर्ने विषयमा रविको प्रश्नपछि प्रधानमन्त्री बालेनको टिप्पणी : देश र पार्टी जोगाउनु फरक कुरा हो ।

काठमाडौं,२० कार्तीक । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत

आयातमा झन्झट र महँगो ढुवानी : नाफा होइन, व्यवसाय जोगाउनै धौ–धौ

काठमाडौं,२० कार्तीक । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताँउनु

कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं,कात्तिक २० । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म

गौरादहमा चिनियाँ भाषा अध्ययन, यसको उद्देश्य के हो ?

दमक, २० मंसिर । झापाको गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच गत साउन ३१ गते चिनियाँ भाषा अध्यापन गराउने विषयमा दुईपक्षीय सम्झौता भएको थियो।