उद्धार कार्य जारी

भीमफेदीमा ईभी गाडी दुर्घटना १० जनाको मृत्यु, ६ जना घाइतेको उपचार जारी

काठमाडौं,२६ कार्तीक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकिएको छ ।डिएसपी माधवकुमार काफ्लेले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दुर्घटनामा १० जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जानकारी दिनु भयो ।उहाँले भन्नु भयो, ‘अन्दाजी बिहान पौने ६ बजे भीमफेदी गाउँपालिकामा प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी दुर्घटना हुँदा करिब ५०० मिटर तल खसेको छ । अहिलेसम्म ६ जना घाइतेलाई हेटौँडा अस्पतालमा ल्याएर उपचार गराउने काम भइरहेको छ भने १० जनाको मृत्यु भइसकेको छ । जसमध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकेका छौँ ।’

 

दुर्घटनास्थल भिरालो र जंगल क्षेत्रमा रहेकाले शव निकाल्न कठिनाइ भइरहेको उहाँले बताँउनु भयो । सुरक्षाकर्मीले घटनास्थलबाट शव निकाल्ने र उद्धार गर्ने काम जारी राखेको उहाँको भनाइ छ ।उहाँका अनुसार उद्धार कार्यमा नेपाल प्रहरीका २७ जना, सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका १० जना खटिएका छन् । त्यसबाहेक नेपाल प्रहरीको गणबाट थप १५ जना परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीसमेत उद्धारमा जुटेका छन् ।काफ्लेले घाइते र मृतकको सनाखत गर्ने काम भइरहेको पनि जानकारी दिनु भयो ।

 

दुर्घटनाको कारणबारे भने यकिन भइसकेको छैन । चालकको निद्रा नपुगेका कारण दुर्घटना भएको हुन सक्ने आशंका उहाँले व्यक्त गर्नु भएको छ ।उहाँले भन्नु भयो, ‘अहिले दुर्घटना यही कारणले भएको हो भन्ने कुरा भन्न सकिएको छैन । तर, ईभी गाडीका चालकले हिजो बेलुका गाडी चलाएर काठमाडौं गएको र आज बिहानै १–२ बजेतिर त्यहाँबाट सवारीसाधन चलाउनुले चालकको निद्रा नपुगेको हो कि भन्ने मेरो अनुमान छ । अहिले यही कारणले हो भन्ने कुरा अनुसन्धान गर्छौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

सिरहा ,२६ कार्तीक। सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो

मृतक सबै ११ जनाको पहिचान खुल्यो

सर्लाही,२६ कार्तीक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु

सर्लाहीका एक युवकको मृत्यु, दाइ गम्भीर घाइते

सर्लाही,२६ कार्तीक । सर्लाहीको सडाहीस्थित सुन्दरपुरका निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी मृत्यु भएको छ।छठ पर्व

छठ मनाउन घर फर्कँदै गरेका यात्रु चढेको ईभी गाडी चिसापानीमा दुर्घटना

सर्लाही,२६ कार्तीक । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको दुःखद निधन भएको

जनकपुरमा सर्वसाधारणको घरमा बसेर रवि दम्पतीले छठ मनाउने

जनकपुर,२६ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले छठ पर्व जनकुरधाममा मनाउने हुनु भएको छ । उहाँहरुले छठ पर्वको

सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ ,२६ कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनु भएको छ ।पोखरा एभेन्जर्सविरुद्ध सानदार बलिङ गर्नु भएको

विराटनगरविरुद्ध युवराज सामराको अर्धशतक

काठमाडौं,२६ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ।युवराजले विराटनगर किङ्सका विरूद्ध