झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने रास्वपा सभापति लामिछानेको घोषणा

काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गर्नु भएको छ।शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताँउनु भयो।उहाँले राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै रास्वपालाई यस्तो पहिचानबाट बाहिर निकाल्नुपर्ने धारणा राख्नु भयो ।

 

लामिछानेले भन्नु भयो, ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले।’उहाँले पार्टीका कार्यक्रमहरूमा सहभागीलाई वितरण गरिने झोलाको विकल्पमा जनताका मुद्दा, गुनासा र सुझाव राख्न मिल्ने फाइल प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिनु भयो। फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याड तथा अन्य सामग्री राख्न सकिने उहाँको भनाइ थियो।‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो। झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरुवात गरौँ,’ उहाँले भन्नु भयो।

 

लामिछानेले पार्टीलाई विभिन्न संस्था, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग र प्रायोजनबाट मुक्त राख्नुपर्नेमा समेत जोड दिनु भयो। पार्टीले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने र सहभागीले आफ्नो क्षमताअनुसार सामग्री खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ थियो।उहाँले भन्नु भयो, ‘कसैलाई कुनै आयोजक, प्रायोजक हाम्रा लागि चाहिँदैन। अब झोलाको युगबाट निस्केर फाइलको युगमा आइसकेपछि हामी आफैँ गर्ने, हुनेले किन्ने, नहुनेको हुने साथीले किनिदिने अभियान सुरु गरौँ।’

 

लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा कम्तीमा १० जना सहभागीका लागि फाइल खरिद गरिदिने घोषणा पनि गर्नु भयो।उहाँले आर्थिक अवस्था कमजोर भएका कार्यकर्ताले सामग्री खरिद गर्न नसकेमा पार्टीभित्रैका आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गर्नुपर्ने बताँउनु भयो । सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै उहाँले अबदेखि पार्टीका प्रशिक्षण, अभियान, अधिवेशन तथा महाधिवेशनमा फाइल प्रयोग गर्ने अभ्यास सुरु गरिने जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको कन्काईमा थ्रेसरबाट आगलागी, ५० हजारको पराल नष्ट

झापा , १२ मसिर । धान झार्ने थ्रेसरबाट झापामा फेरि आगलागी भएको छ ।आज शनिबार बिहान कन्काई नगरपालिका २ शान्ति टोल बस्ने ओमनाथ ढकालको धान

झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने रास्वपा सभापति लामिछानेको घोषणा

काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट

मत नदिए पनि कर्णालीको विकासमा रास्वपा प्रतिबद्ध छ : सभापति लामिछाने

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताँउनु भएको छ ।शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा

रसुवा बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि सिफारिस

इनरुवा,१२ मंसिर । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

स्रोत भएर पनि शिक्षामा पछाडि मधेश : दोषी को ?

काठमाडौँ,१२ मंसिर । कुनै पनि समाजलाई दीर्घकालसम्म आफ्नो नियन्त्रणमा राख्न चाहने शासकले सबैभन्दा पहिले त्यहाँको शिक्षा प्रणाली कमजोर बनाउँछ भन्ने राजनीतिक मान्यता छ । शिक्षित

दमकमा ४४ करोड ३६ लाखभन्दा बढीको खानेपानी आयोजना सम्झौता

दमक,१२ मंसिर । झापाको दमकमा खानेपानी व्यवस्थापन तथा पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखभन्दा बढीको आयोजना अघि बढ्ने भएको छ । सङ्घीय सरकारको