झापाको कन्काईमा थ्रेसरबाट आगलागी, ५० हजारको पराल नष्ट

झापा , १२ मसिर । धान झार्ने थ्रेसरबाट झापामा फेरि आगलागी भएको छ ।आज शनिबार बिहान कन्काई नगरपालिका २ शान्ति टोल बस्ने ओमनाथ ढकालको धान झार्ने क्रममा थ्रेसरबाट आगलागी भएको हो । थ्रेसरबाट निस्किएको आगोको झिल्कोले आगलागी हुँदा ढकालको दुई विगाह खेतको पराल जलेर नष्ट भएको छ । जसबाट अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

बिहान ९ः१५ बजे लागेको सो आगलागी बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान १०।३० बजे नियन्त्रणमा लिइएको थियो ।पाँच दिनअघि पनि भद्रपुरका एकजना किसानको धान झार्ने क्रममा थ्रेसरबाट आगलागी भएको थियो ।मंसिर ७ गते धान झार्ने क्रममा थ्रेसरबाट आगो लाग्दा भद्रपुर नगरपालिका–९ का कृषक चन्द्रबहादुर कार्कीको धान जलेर एक लाख बराबरको क्षति भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको कन्काईमा थ्रेसरबाट आगलागी, ५० हजारको पराल नष्ट

झापा , १२ मसिर । धान झार्ने थ्रेसरबाट झापामा फेरि आगलागी भएको छ ।आज शनिबार बिहान कन्काई नगरपालिका २ शान्ति टोल बस्ने ओमनाथ ढकालको धान

झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने रास्वपा सभापति लामिछानेको घोषणा

काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट

मत नदिए पनि कर्णालीको विकासमा रास्वपा प्रतिबद्ध छ : सभापति लामिछाने

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताँउनु भएको छ ।शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा

रसुवा बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि सिफारिस

इनरुवा,१२ मंसिर । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

स्रोत भएर पनि शिक्षामा पछाडि मधेश : दोषी को ?

काठमाडौँ,१२ मंसिर । कुनै पनि समाजलाई दीर्घकालसम्म आफ्नो नियन्त्रणमा राख्न चाहने शासकले सबैभन्दा पहिले त्यहाँको शिक्षा प्रणाली कमजोर बनाउँछ भन्ने राजनीतिक मान्यता छ । शिक्षित

दमकमा ४४ करोड ३६ लाखभन्दा बढीको खानेपानी आयोजना सम्झौता

दमक,१२ मंसिर । झापाको दमकमा खानेपानी व्यवस्थापन तथा पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखभन्दा बढीको आयोजना अघि बढ्ने भएको छ । सङ्घीय सरकारको