दमक/
द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आईतबार झापाको दमकमा र्याली र सडक नाटक पर्दशन गरिएको छ ।
दमकमा रहेको लायन्स क्लव अफ दमक बिग बुद्ध र लियो क्लव अफ बिग बुद्धको आयोजनामा कार्यक्रम भएको हो ।
दमक स्थित क्याम्पसमोडबाट सुरु भएको र्याली दमक चोकमा आएर केणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले यौन हिंसा विरुद्धको कार्यक्रमका बिरुद्ध अझ बढि शशक्त आवाज उठाउन आवश्यक रहेको बताउनु भयो ।
यसको रोकथाम तथा न्यूनिकरण गर्नकालागि नगरपालिका स्तरबाट गर्न सकिने कार्यक्रम र हुन सक्ने सहयोग गर्न आफु तयार रहेको बताउनु भयो । यस अघी भएका अन्य कार्यक्रमहरुको प्रभावकारिता हेरेर त्यो भन्दा पनि अझ राम्रा र फरक तरिकाका कार्यक्रम गर्न आफु इच्छुक रहेको उहाँले सुनाउनु भयो ।
यस्तै कार्यक्रममा लायन्स क्लवका गभर्नर एड अजय अग्रवालले माहिला माथी हुने यौन हिंसा घरबाटै सुरुवात गर्नु पर्ने बताउनु भयो । पछिल्लो समय परिवारका सदस्यहरुबाटै यौनहिंसाका घटना बढेकोले यसको प्रतिवाद परिवारबाट सुरु गर्न उहाँले आग्रह गर्नु भयो ।
भिडियोमा हेरौ
लायन्सक क्लव अफ दमक सेविका र एक्टिभको सह -आयोजना रहेको कार्यक्रममा दमकका विभिन्न विद्यालयका छात्राहरुको पनि उपस्थित रहेको थियो ।
यौनज्य हिंसाका विरुद्धमा लेखिएका विभिन्न प्ले कार्ड कार्यक्रममा सहभागीहरुले प्रर्दशन गरेका थीए ।
साथै कोणसभा स्थलमा यौनजन्य हिंसा परिवारबाटै कसरी हुन्छ भन्नेबारेमा सडक नााटक पनि देखाइएको थियो । कदम थिएटरले तयार पारेको सो नाकटमा ८ जना कालाकालहरुले अभिनय गरेका थीए । नाटक कालाकार दिपक खरेलको निर्देशनमा तयार भएको थियो ।
नाटकको भिडियो हेरौ









