विपन्न विद्यार्थीलाई सहज

पुर्व नेपाल सहकारीद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

दमक /
झापाको कमल गाउपालिकामा प्रमुख कार्यालय रहेको पुर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले यश क्षेत्रमा अध्यनरत तीन जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । बिद्यालयले सिफारिस गरेको आधारमा माद्यामिक तह सम्मका लागि आवस्यक खर्च बेहोर्ने गरि छात्रवृत्ति बितरण गरिएको सहकारीका बिभागिय प्रमुख मिलन सापकोटाले जानकारी दिनु भयो ।

गरिब जेहन्दार विद्यार्थीलाई बृत्तिविकासमा टेवा पुग्ने गरि कमल २ मा रहेको मदन आश्रित स्मृति माध्यमीक विद्यालय र
नरेन्द्र जनता माध्यमीक विद्यालय कमल–१ का विद्यार्थीलाई नगद २१ हजारका दरले छात्रवृत्ति बराबरको रकम बितरण गरिएको सहकारीकि प्रमुख कार्यकारी अधिकृत चन्द्रकला ढकालले जानकारी दिनु भयो ।
मदन आश्रीतमा अध्यनरत पर्वत राई र नरेन्द्र जनतामा अध्यनरत आर्यन मर्डी रितिक कार्कीले छात्रवृत्ति पाएका हुन । राईलाई एकमुष्ट २१ हजार र मर्डी र कार्कीलाई पहिलो किस्ता बापत १०/१० हजार नगद प्रदान गरिएको छ ।

यो कार्यक्रम पूर्वनेपाल वहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजना, अन्तराष्ट्रिय झापाली समाज यूएस र जिल्ला सहकारी संघ झापाको सहकार्यमा सम्पन्न भएको हो । संस्थाले प्रत्येक वर्ष ३ जनाको दर छात्रबृत्ति संख्या थप गर्दै लैजाने लक्ष लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु