१२ दुर्वासाको प्रर्दशन तयारी

दमकमा नाटक ‘१२ दुर्वासा’ प्रदर्शन हुने, ‘अल्पमत सँधै गलत हदैन’ भन्ने मुख्य सन्देश (भिडियो सहित)

दमक/
विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज टुभेल एङग्री मेनको नेपाली रुपान्तरण हो नाटक १२ दुर्वासा । यो नाटक झापाको दमकमा प्रदर्शन हुने भएको छ । दमकमा रहेको कदम थिएटरले नाटक प्रदर्शनको तयारी गरिरहेको छ । भदौ १० गते देखी २६ गते सम्म थिएटरकै हलमा प्रदर्शन गरिने नाटकको तयारी अहिले धमाधम गरिरहिएको छ ।

१४ जना कलाकाहरुलाई नाटकको अभिनय गराउन निरन्तर अभ्यास गराइरहिएको छ । प्रचार प्रसार गर्न र आर्थीक व्यवस्थापन गर्न समुह समुह बनाएर परिचालन गरिरहिएको छ । यो नाटकलाई नेपाली भाषामा रुपान्तरण गरेपछि यसलाई मुर्त रुप दिन नाटक निर्देशक सिजन दाहालले मिहनत गरिरहनु भएको छ ।

उहाँकै निर्देशनमा यसको अभ्यास गराइरहिएको छ । थिएटरको हलमा हरेक दिन साझको समयमा यसको अभ्यास भइरहेको छ । नाटकमा राष्ट्रिय स्तरका कालाकारका साथै अन्य क्षेत्रमा आफुलाई परिचीत गराइसकेका व्यक्तिहरुलाई पनि नाटकको मञ्चमा देख्न सकिने उज्यालो खवरसँगको कुराकानीका क्रममा दाहालले बताउनु भयो ।

मौसम राना, हेमन्त बुढाथोकी, पत्रकार चिरन्जीवी घिमिरे, दमक नगरपालिकाका नि वर्तमान प्रमुख रोमनाथ ओली लगायतलाई विभिन्न भूमिकामा देख्न सकिने छ ।
नाटक भित्र के छ ?

यो नाटक संसारका धेरैवटा देशहरुमा धेरैवटा मञ्चहरुमा यो नाटक मञ्चन भइसकेको छ । वि.सं. २०७३ सालमा नेपालमा पनि मण्डला थिएटरले २१ दिन सम्म मञ्चन गरेको थियो । सामाजिक परिवर्तन तथा राजनैेतिक परिवर्तनले आजको समयमा हरेक मान्छेको विचारलाई सैद्धान्तिक रुपमा सम्मान गर्न नाटकले सिकाएको छ ।

नेपालको परिदृश्यमा त हरेक निणर्य बहुमतले पारित गर्ने चलन छ । यदि अदालतलाई कुनै निणर्य गर्न गाह्रो भएमा वा विशेष कारण वश कुनै मुद्दामा गम्भिर शंका देखेमा फरक पेशाका १२ जना आम नागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर निणर्य गर्न लगाईने अभ्यास भएका छन्, केहि देशहरुमा ।

यो नाटक यहि पृष्ठभुमीबाट शुरु भएको छ । १२ जना आम नागरिक एउटा बन्द कोठा भित्र निणर्य गर्न लागि परेका छन् । १२ जनाले सर्वसम्मतीमा नै निणर्य गर्नु परेकाले १२ जनाको बिचारको बिचमा भएको संघर्षको कथा हो, १२ दुर्वासा ।
यो नाटकलाई सुरेश सापकोटाले नेपालीमा अनुवाद गर्नु भएको हो ।

नाटकको तयारी र यसले दिने सन्देशका बारेमा निर्देशक सिजन दाहालसँग गरिएको संक्षीप्त कुराकानीको भिडियो हेरौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु