"कार्यकालको समिक्षा"

स्थानियतहका जनप्रतिनिधिको ४ वर्ष : नागरिकको अपेक्षा पुरा भएन

 

दमक/
स्थानीय तह सञ्चालनको चार वर्ष बितेको छ । २०७२ सालमा संविधान जारी भएसंगै दिगो विकासको अवधारणा अनरूुप समावेसी उन्मखु सङ्घीय लोकताजन्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सदृढीकरण गर्न र स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सदृढ गरी स्थानीय तहमा विधावयकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार सञ्चालनका लागि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचन ताका सबै जनप्रतिनिधिले आ- आफ्ना ठाउँको विकास र समृद्धिको नारा लिएर चुनावमा होमिएका थिए । तर, उनै जनप्रतिनिधि अहिले आफूले अघि सारेका एजेण्डा पूरा गर्न नसकेको बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताउनुभयो ।

का वडाध्यक्ष सिटौला मात्र होइन झापाका १५ वटै स्थान्ीय तहका जनप्रतिनिधिले आफुले अघि सारेका कुने पनि एजेण्डा अहिले पूरा गर्न सकेका छैनन् । चुनावताका दलगत रुपमा अघि सारिएका घोषणा पत्रमा सबैले आ- आफ्नो ठाउँको विकास गर्ने दावी सहित मत माग्दै हरेक मतदाताको घर घरमा पुगेका थिए । तर, चुनाव पछि स्थानीय तहका जनप्रतिनिधिले आफूले अघि सारेका घोषणा पत्रका काम एक छेउपनि गर्न नसकेको स्थानीयको लक्ष्मी आचार्यको बुझाई छ ।

झापाका १५ स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकालाई उदाहरणको रुपमा लिने हो भने पनि स्थानीय तहको निर्वाचन ताका यहाँका उम्मेद्वारले बिर्तामोडमा सार्वजनिक शौचालय निर्माण, कृषि थौक वजारलाई उचित व्यवस्थापन, फोहोर मैलालाई प्रशोधन गर्दै प्राङ्गरिक मल उत्पादन, बिर्तामोडलाई नमूना सहर, प्लाष्टिक मुक्त नगर, हरित नगर जस्ता योजना अघि सारेका थिए । तर, स्थानीय तह सञ्चालनको चार वर्षे दौरानमा अहिलेसम्म न त बिर्तामोडमा सार्वजनिक शौचालय बन्यो न त यहाँको फोरोरको उचित व्यवस्थापन नै भयो । नगरपालिकाले विकासका नाममा पूर्वाधारका क्षेत्रमा मात्रै वजेट खर्च गर्दै समृद्ध नगर निर्माण गर्न खोजेको एक थरिको भनाई छ ।

स्थानीय सरकार सञ्चालन पछि गाउँ – गाउँमा सिंह दरवार आउला भन्ने धेरैको अपेक्षा थियो । तर, आफैंले चुनेका जनप्रतिनिधिले विभिन्न कारण देखाउँदै आफ्नै ठाउँको विकास गर्न नसक्दा स्थानीयवासी निरास देखिन्छन् । निर्वाचित जनप्रतिनिधि मध्ये कोही वजेटलाई कारण देखाउँदै मतदाताको नजरमा राम्रो देखिन खोजिरहेका छन् भने कोही चाँही काम गर्ने बातावरण भएन भन्दै पन्छन खोजिरहेका छन् । बाह्रदही गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष भुपेन्द्र कटुवालले आफूले शिक्षा क्षेत्रको आमूल परिर्वतन गर्न खोजेपनि मेकानिजमले काम नगर्दा शिक्षा क्षेत्रमा सुधार गर्न नसकिएको बताउँदै आएका छन् ।

 

आफ्नो ठाउँको विकासका लागि आफूले चुनेका जनप्रतिनिधिले काम गरुन् र आफ्नो ठाउँको चौतर्फी बिकास होस भन्ने चाहेका स्थानीयको सपना स्थानीय सरकार सञ्चालनको चार वर्षमा पनि पूरा हुन नसक्नु आफैंमा दुखद् पक्ष हो यस तर्फ निर्वाचित जनप्रतिनिधिले सोच्ने बेला आएको देखिन्छ । स्थानीय तहको निर्वाचन पछि स्थानीय तहमा विकास निर्माणका काम हुँदै नभएको भने होइन , तर जनअपेक्षा अनुसार स्थानीय तहका जनप्रतिनिधिले काम गर्न नसकेको चौतर्फी आवाज उठिरहेका वेला उनीहरुको आवाजलाई सम्बोधन गर्नु पर्ने देखिन्छ ।

Share: