"ढाटिँदै नागरिक"

कार्यकर्ता केन्द्रित मेयर पराजुली, समृद्ध विराटनगर बनाउने सपना पुरा भएन

 

विराटनगर/
चार वर्षअघि मेयरको उम्मेदवार हुँदा भिम पराजुलीले धेरै कार्यक्रमलाई समेटेर चुनावी एजेन्डाका रुपमा प्रस्तुत गरेका थिए । तर चार वर्षको कार्यकाल सम्पन्न भइरहँदा मेयर बनेका पराजुलीले नगरवासीसँग गरेको चुनावी प्रतिबद्धता अहिलेसम्म पुरा गर्न सकेका छैनन् । मेयर पराजुलीले निकै महत्वको साथ उठाएको पहिलो प्रतिबद्धता विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने कुरा नै अहिलेसम्म अलपत्र अवस्थामा छ । त्यसका लागि महानगरले तयार गर्ने कुनैपनि आर्थिक बर्षको बजेटले समेटन सकेको छैन ।विराटनगरलाई आर्थिक क्षेत्र बनाउने र रोजगारीको वातावरण सिर्जना गर्ने योजना मेयर पराजुलीले अघि सारेका थिए । नगरवासीको चाहना अुसार महानगरले काम गर्न नसकेको नगरबासीको गुनासो छ । महानगरका मेयरले पनि पक्षपात गरेर काम गरेको आरोप पनि नगरवासीले लगाएका छन् ।
जनप्रतिनिधि निर्वचित भएको पनि ४ बर्ष भईसकेको छ । जनप्रतिनिधि आएपछि जनताले चाहेको र सोचेजस्तो विकास हुनेमा सबै आशावादी थिए । तर सोचेअनुसार नहुँदो रहेछ भने जनता नी निरास हुँदै गएका छन् । यो मध्येको एक हो महानगरको विकास र नगरवासीले गरेको आशा अनुसारको काम नहुनु । जनप्रतिनिधि आएपछि महानगरको विकास हुनेमा नगरवासी विश्वस्त थिए । सोचे अनुसार भएन । पक्षपाती ढंगले काम भएको विराटनगर महानगरपालिका २ का संयुक्त टोल विकास संस्थाका संयोजक भरत बस्नेतले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बन्द रहेको पुरानो जुट मिल सञ्चालनमा ल्याइने भनेर चुनावी एजेण्डा बनाएका थिए । देशकै जेठो जुट मिलपनि अहिलेसम्म बन्दकै अवस्थामा रहेको छ । त्यसलाई खुलाउने र सञ्चालन गर्ने मेयरको एजेण्डा नारामा मात्र सीमित बनेको छ । मेयर पराजुलीले सो समयमा बन्द अवस्थामा रहेको जुट मिल सञ्चालन गरी दश हजारलाई रोजगारीको अवसर प्रदान गर्ने बताएका थिए । यो त परको कुरा सामान्य विकास निर्माणका काम पनि महानगरले गर्न नसकेको नगरवासीले बताएका छन् ।
नागरिकले सामान्य भन्दा सामान्य काममा पनि महानगरपापलिकामा मेयर भएको अनुभुति गर्न पाएका छैनन् । मेर पराजुली आफ्ना दल भित्रको पनि आफ्नो गुट केन्द्रित काम गरेको आरोप उहाँकै दलका नेता तथा कार्यकर्ताहरुले लगाउने गरेका छन् ।
विराटनगर महानगरपालिका १ तिरुपति मिश्र महानगरले काम नै गर्न नसकेको बताउछन् । महामारीको समयमा नगरवासीको लागि गर्नुपर्ने सामान्य काम पनि महानगरले गर्न नसकेको उहाँको आरोप छ ।

विराटनगर महानगरपालिका २ का इन्द्र परियार महानगरले मनपर्दी काम गरेको बताउछन् । पैसा र पहुँचको भरमा महानगरका मेयरले काम गर्ने गरेको उहाँको भनाई छ । केही गरेजस्तो गर्ने तर गर्नुपर्ने काम नगर्ने उहाँ बताउनुहुन्छ ।

चुनावी घोषणा पत्र यकातिर अनि काम अर्कोतिर हुने गरेको धेरैको बुझाई छ । कर्सीमा पुगेपछि जनप्रनिधिले आफुले गर्नुपर्ने काम पनि विर्सने गरेको महानगरवासीको आरोप छ । महानगरपालिका २ का दिलिप कुमार मण्डल पनि महानगरले महानगरवासीको चाहना अनुसार काम गर्न नसकेको बताउछन् ।

विराटनगर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गरिने,सिंगिया र केसलिया खोलामा ड्याम बनाएर पर्यटकीय क्षेत्र बनाइने लगायतका मेयरका नारापनि भाषणमा मात्र सीमित भएका छन् । मेयरले योजना बनाएरपनि अहिले ती कार्यान्वयनको चरणमा प्रवेश समेत पाएका छैनन् । त्यसैगरी कोशी अस्पताललाई क्षेत्रीय अस्पतालसँगै मेडिकल कलेजमा स्तरोन्नति गरिने,कार्यक्रमपनि अघि बढ्न सकेको छैन । घोषणापत्र एकातिर काम अर्कोतिर भएको देखिन्छ । पहंगो नारा लिएर चुनाव जितेका मेयरले सस्तो काम गर्दा महानगरवासी चिन्तित देखिन्छन् ।

Share: