ढाटिँदै नागरिक

कार्यकर्ता केन्द्रित मेयर पराजुली, समृद्ध विराटनगर बनाउने सपना पुरा भएन

 

विराटनगर/
चार वर्षअघि मेयरको उम्मेदवार हुँदा भिम पराजुलीले धेरै कार्यक्रमलाई समेटेर चुनावी एजेन्डाका रुपमा प्रस्तुत गरेका थिए । तर चार वर्षको कार्यकाल सम्पन्न भइरहँदा मेयर बनेका पराजुलीले नगरवासीसँग गरेको चुनावी प्रतिबद्धता अहिलेसम्म पुरा गर्न सकेका छैनन् । मेयर पराजुलीले निकै महत्वको साथ उठाएको पहिलो प्रतिबद्धता विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने कुरा नै अहिलेसम्म अलपत्र अवस्थामा छ । त्यसका लागि महानगरले तयार गर्ने कुनैपनि आर्थिक बर्षको बजेटले समेटन सकेको छैन ।विराटनगरलाई आर्थिक क्षेत्र बनाउने र रोजगारीको वातावरण सिर्जना गर्ने योजना मेयर पराजुलीले अघि सारेका थिए । नगरवासीको चाहना अुसार महानगरले काम गर्न नसकेको नगरबासीको गुनासो छ । महानगरका मेयरले पनि पक्षपात गरेर काम गरेको आरोप पनि नगरवासीले लगाएका छन् ।
जनप्रतिनिधि निर्वचित भएको पनि ४ बर्ष भईसकेको छ । जनप्रतिनिधि आएपछि जनताले चाहेको र सोचेजस्तो विकास हुनेमा सबै आशावादी थिए । तर सोचेअनुसार नहुँदो रहेछ भने जनता नी निरास हुँदै गएका छन् । यो मध्येको एक हो महानगरको विकास र नगरवासीले गरेको आशा अनुसारको काम नहुनु । जनप्रतिनिधि आएपछि महानगरको विकास हुनेमा नगरवासी विश्वस्त थिए । सोचे अनुसार भएन । पक्षपाती ढंगले काम भएको विराटनगर महानगरपालिका २ का संयुक्त टोल विकास संस्थाका संयोजक भरत बस्नेतले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बन्द रहेको पुरानो जुट मिल सञ्चालनमा ल्याइने भनेर चुनावी एजेण्डा बनाएका थिए । देशकै जेठो जुट मिलपनि अहिलेसम्म बन्दकै अवस्थामा रहेको छ । त्यसलाई खुलाउने र सञ्चालन गर्ने मेयरको एजेण्डा नारामा मात्र सीमित बनेको छ । मेयर पराजुलीले सो समयमा बन्द अवस्थामा रहेको जुट मिल सञ्चालन गरी दश हजारलाई रोजगारीको अवसर प्रदान गर्ने बताएका थिए । यो त परको कुरा सामान्य विकास निर्माणका काम पनि महानगरले गर्न नसकेको नगरवासीले बताएका छन् ।
नागरिकले सामान्य भन्दा सामान्य काममा पनि महानगरपापलिकामा मेयर भएको अनुभुति गर्न पाएका छैनन् । मेर पराजुली आफ्ना दल भित्रको पनि आफ्नो गुट केन्द्रित काम गरेको आरोप उहाँकै दलका नेता तथा कार्यकर्ताहरुले लगाउने गरेका छन् ।
विराटनगर महानगरपालिका १ तिरुपति मिश्र महानगरले काम नै गर्न नसकेको बताउछन् । महामारीको समयमा नगरवासीको लागि गर्नुपर्ने सामान्य काम पनि महानगरले गर्न नसकेको उहाँको आरोप छ ।

विराटनगर महानगरपालिका २ का इन्द्र परियार महानगरले मनपर्दी काम गरेको बताउछन् । पैसा र पहुँचको भरमा महानगरका मेयरले काम गर्ने गरेको उहाँको भनाई छ । केही गरेजस्तो गर्ने तर गर्नुपर्ने काम नगर्ने उहाँ बताउनुहुन्छ ।

चुनावी घोषणा पत्र यकातिर अनि काम अर्कोतिर हुने गरेको धेरैको बुझाई छ । कर्सीमा पुगेपछि जनप्रनिधिले आफुले गर्नुपर्ने काम पनि विर्सने गरेको महानगरवासीको आरोप छ । महानगरपालिका २ का दिलिप कुमार मण्डल पनि महानगरले महानगरवासीको चाहना अनुसार काम गर्न नसकेको बताउछन् ।

विराटनगर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गरिने,सिंगिया र केसलिया खोलामा ड्याम बनाएर पर्यटकीय क्षेत्र बनाइने लगायतका मेयरका नारापनि भाषणमा मात्र सीमित भएका छन् । मेयरले योजना बनाएरपनि अहिले ती कार्यान्वयनको चरणमा प्रवेश समेत पाएका छैनन् । त्यसैगरी कोशी अस्पताललाई क्षेत्रीय अस्पतालसँगै मेडिकल कलेजमा स्तरोन्नति गरिने,कार्यक्रमपनि अघि बढ्न सकेको छैन । घोषणापत्र एकातिर काम अर्कोतिर भएको देखिन्छ । पहंगो नारा लिएर चुनाव जितेका मेयरले सस्तो काम गर्दा महानगरवासी चिन्तित देखिन्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको