प्रदेश १ ले नाम पाउने

‘बजेट अधिबेसनबाट नाम आएन भने म मात्रै जवाफदेहि हुने छैन ’: मुख्यमन्त्री राई

 

दमक/
अहिले प्रदेश १ को नाम के राख्ने भन्ने चर्चा चलिरहेको छ । पछिल्लो समय मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा सहभागि भएका सबै दलका नेताहरुसँग भेटेर छलफल प्रारम्भ गरेपछि अहिलेको बजेट अधिबेसनमै नाम आँउछ कि भन्ने विस्वास पनि बढ्दै गएको छ । दलका नेताहरुलाई मुख्यमन्त्रीले यहि अधिबेसनमा नाम राख्न सहजिकरण गर्नुपर्यो भनेर अनुरोध गरेपछि दलभित्र पनि छलफल हुन थालेका छन् ।

संसदिय दलका नेताहरुले दलका तर्फबाट कुनै नाम प्रस्तावमा ल्याउने र त्यसमा छलफल गरिनुपर्ने बताइएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा कुराकानी गर्दै उहाँले संसद सुरु हुनुअघि नै यसबारेमा दलका नेताहरुसँग फेरि छलफल हुने छ । त्यो छलफलले एउटा साझा नाममा सहमति जनाएर संसदमा बिजनेशको रुपमा पेश गरेर अघि बढ्ने उहाँले बताउनु भयो ।

यदि संसद अघि आएका नामको प्रस्तावमा सहमति मिल्न नसकेमा संसदमा लगेर सांस्दहरुलाई स्वन्त्र रुपमा प्रस्तावित नाम छनौट गर्न भन्दै आह्वान गरिने उहाँले बताउनु भयो । यसरी जुन नाममा बहुमत आउँछ प्रदेश १ ले त्यहि नाम पाउने उहाँको भनाई छ । यसरी नामका लागि अव सबैदलहरु जो संसदमा सहभागि हुनुहुन्छ उहाँहरु पनि उत्तिकै जिम्मेवार बन्न उहाँले आग्रह गर्नु भएको छ ।

त्यसैले आफुले यसको थालनी गरिसकेकोले अव प्रदेश १ ले चँाँडै नाम पाउने आश्वासन दिनु भएको छ । यो अधिबेसनले पनि नाम पाउन सकेन र दलका नेताहरुले दलभित्र छलफल गरेर नामको प्रस्ताव ल्याउन सक्नु भएन भने त्यसको जवाफदेहि तत् तत् दल र त्यसका नेताहरु पनि हुनुपर्ने उहाँको भनाई छ ।

संसदमा बिजनेश पर्याप्त भएकाले संसद सचिवालले चाँडै नै बैठक आह्वान गर्न सक्ने उहाँले संकेत पनि गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा