प्रदेश १ ले नाम पाउने

‘बजेट अधिबेसनबाट नाम आएन भने म मात्रै जवाफदेहि हुने छैन ’: मुख्यमन्त्री राई

 

दमक/
अहिले प्रदेश १ को नाम के राख्ने भन्ने चर्चा चलिरहेको छ । पछिल्लो समय मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा सहभागि भएका सबै दलका नेताहरुसँग भेटेर छलफल प्रारम्भ गरेपछि अहिलेको बजेट अधिबेसनमै नाम आँउछ कि भन्ने विस्वास पनि बढ्दै गएको छ । दलका नेताहरुलाई मुख्यमन्त्रीले यहि अधिबेसनमा नाम राख्न सहजिकरण गर्नुपर्यो भनेर अनुरोध गरेपछि दलभित्र पनि छलफल हुन थालेका छन् ।

संसदिय दलका नेताहरुले दलका तर्फबाट कुनै नाम प्रस्तावमा ल्याउने र त्यसमा छलफल गरिनुपर्ने बताइएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा कुराकानी गर्दै उहाँले संसद सुरु हुनुअघि नै यसबारेमा दलका नेताहरुसँग फेरि छलफल हुने छ । त्यो छलफलले एउटा साझा नाममा सहमति जनाएर संसदमा बिजनेशको रुपमा पेश गरेर अघि बढ्ने उहाँले बताउनु भयो ।

यदि संसद अघि आएका नामको प्रस्तावमा सहमति मिल्न नसकेमा संसदमा लगेर सांस्दहरुलाई स्वन्त्र रुपमा प्रस्तावित नाम छनौट गर्न भन्दै आह्वान गरिने उहाँले बताउनु भयो । यसरी जुन नाममा बहुमत आउँछ प्रदेश १ ले त्यहि नाम पाउने उहाँको भनाई छ । यसरी नामका लागि अव सबैदलहरु जो संसदमा सहभागि हुनुहुन्छ उहाँहरु पनि उत्तिकै जिम्मेवार बन्न उहाँले आग्रह गर्नु भएको छ ।

त्यसैले आफुले यसको थालनी गरिसकेकोले अव प्रदेश १ ले चँाँडै नाम पाउने आश्वासन दिनु भएको छ । यो अधिबेसनले पनि नाम पाउन सकेन र दलका नेताहरुले दलभित्र छलफल गरेर नामको प्रस्ताव ल्याउन सक्नु भएन भने त्यसको जवाफदेहि तत् तत् दल र त्यसका नेताहरु पनि हुनुपर्ने उहाँको भनाई छ ।

संसदमा बिजनेश पर्याप्त भएकाले संसद सचिवालले चाँडै नै बैठक आह्वान गर्न सक्ने उहाँले संकेत पनि गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको