आश्वाशनको अस्त्र

कोभिड प्रभावितलाई औद्योगिक पार्कमा पहिलो प्राथमिकतामा रोजगार दिइने

दमक/
दमक, गौरादह र कमलमा चिनका ब्यापारीहरुको समुहले औद्योगिक पार्क निर्माण गर्दै छ । यसको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पार्क निर्माण गर्ने चिनिया ग्रुप अफ कम्पनीले सिलान्यास पनि भइसकेको छ । तर यसको निर्माणको काम थालनी भएको छैन । अघिल्लो सरकारले यसका लागि आवश्यक पर्ने लगानी मध्येको पहिलो चरणको ६४ अर्व रुपैँया लगानी स्विकृत पनि गरिसकेको छ । केहि प्राविधिक काम चलिरहेकोले फिल्डमा निर्माणको काम सुरु हुन केहि समय लगेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किसोर बस्नेतले बताउनु भएको छ ।

कोरोना लगायतका कारण लगानी स्किृत भएपनि प्राविधिकहरुले फिल्डमा आएर काम सुरु गरिहाल्न समस्या भएको बताइएको छ । काम सुरु भएपछि र निर्माण सम्पन्न भएपछि त्यहाँ आवश्यक पर्ने कामदारको चयनमा औद्योगिक पार्क निर्माण हुने क्षेत्रका कोभिडबाट प्राभावितहरुलाई पहिलो प्राथमिकता दिइने चिन नेपाल औद्योगिक पार्कका अध्यक्ष गाविन्द थापाले बताउनु भयो ।

कोभिडले सबैक्षेत्र असर परेको भन्दै उहाँले कोभिड नभएको भए अहिले यस क्षेत्रमा उद्योग स्थापना भएर कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु यहि उत्पादन पनि सुरु हुने थियो । उहाँले बताउनु भयो ।

उपहार स्वरुप स्वास्थ्य सामाग्री

दमक नगरपालिकाले सञ्चालन गरेको दमक अस्पतालको कोभिड उपचार केन्द्रका लागि भनेर स्वास्थ्य सामाग्री चिनबाट उपहार स्वरुप आएको छ । सो उपहारको मंगलबार औपचारिक कार्यक्रम गरि दमक नगरपालिकालाई हस्तानतरण गरिएको छ ।
दमकमा कोरोनाको उच्च जोखिम बढेपछि विभिन्न सस्था तथा दातृ निकायहरुबाट यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग आउने क्रम जारी छ । यसैक्रममा चिन नेपाल औद्योगिक पार्कको तर्फबाट दमक अस्पतालका लागि १६ हजार वटा एन ९५ मास्क र १५ वटा अक्सिजन कन्सनट्रेटर उपहार स्वरुप प्राप्त भएको छ । ल्हास आर्थीक तथा प्राविधिक विकास क्षेत्र चिङ- संयूक्त लगानी निर्माण परियोजना विकास कम्पनी लिमिटेड मार्फत आएको सो उपहार चि नेपाल औद्योकि पार्कका अध्यक्ष गोविन्द थापाले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप प्रमुख गीता अधिकारी सहित अन्य जनप्रतिनिधी तथा कर्मचारीहरुलाई संयूक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण पछि बोल्दै थापाले दमकमा बन्ने भनिएको औद्योगिक पार्कमा दमक सहित औद्योगिक पार्क निर्माण क्षेत्रका कोरोना प्रभावित बर्गलाई पहिलो प्राथमिकतामा रोजगार दिने प्रतिवद्धता जनाउनु भएको छ ।
सहयोगको साझेदारी हुन आग्रह
महामारी एक सस्था वा एक निकाय अथवा सरकार एक्लैलेको प्रयासले मात्र नियन्त्रण गर्न सकिदैन । त्यसैले सरकारले थालनी गरेका काममा हरेक क्षेत्रबाट सहयोग पनि आइरहेको छ । दमक २ स्थित बेलडाँगीमा रहेको कोभिड उपचार केन्द्र र त्यसैको छेउमा रहेको आइसुलेसन सेन्टर पनि दमक नगरपालिकासँगै अन्य विभिन्न सहयोगी दाताहरुकै सहकार्यमा तयार भएको हो । त्यसैले दमक नगरपालिकाकी उप -प्रमुख गीता अधिकारी भन्नु हुन्छ ‘महामारीको सबैले डटेर समना गरौ । यसलाई परास्त गर्न सकिन्छ ।’

यदि यो महामारीका बेलामा सरकार एक्लैले काम गरेको थियो भने पनि सम्भवन चाहि थियो । हुन्थ्यो । तर यसले धेरैवटा विकासका आयोजनाहरु बन्द हुन्थे । धेरै वर्ष पर धकेलिन्थे । तर सहयोगीहरुको सहकार्यले परिस्थिती त्यस्तो नभएको र कोरोनाको लडाँइसँगसगै विकासका कामहरु पनि अघि बढिरहेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो । सबैको साथले मात्रै कोरोना जित्न सकिन्छ भन्ने मान्यताका साथ सहकार्य गर्न पनि उहाँको अनुरोध छ ।

दमकमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढि रहेको छ । यहाँ रहेका अस्पतालका बेडहरुपनि भरिभराउ रहेकाले सबैलाई सतर्क रहन र अनावश्यक घर बाहिर ननिस्कन नगरपालिकाले अनुरोध पनि गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको