अवसर र चुनौती

प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका मुख्य अवसर तथा चुनौतीहरु

 

 

२०७५ जेठ ३ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका बीच पार्टी एकताको मार्ग खुलेपछि नेपालको कम्युनिस्टमा एककिसिमको हलचल नै मच्चियो। दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा कति खुसी बने भने कति असन्तुष्ट बने । केन्द्रदेखि स्थानीय तथा धेरै जनवर्गीय सङ्गठनहरुको एकता हुननसक्दा अन्ततः पार्टी अलमलमा नै रहिरकेका बेला प्रस्तावित नेकपाका नेता त्रय केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालका बिचमा तित्तता सुरु हुनथाल्यो । हुँदाहुँदा पार्टीगत प्रेमकै घोषणा गरेका केप ीओली र प्रचण्डका बिचमा सकेत तित्तता सुरु भयो र अन्ततः माधव नेपालसँग प्रचण्डको लाइन मिल्यो र उनीहरुको गुटले केप ीओलीको तिव्र आलोचना गर्न थाले । आलोचना मात्रै गरेनन् देशभर समानान्तर कमिटि बनाई जनप्रदर्शन गर्न थाले ।

दुवै पक्षको यस किसिमको गतिविधिले देशको कम्युनिस्ट नै सङ्कटमा पर्ने सङकेत देखियो । आरोप प्रत्यारोपका बिच लागिरहेका बेला, एकआपसलाई कारबाही गर्ने प्रकरणका कारण एकआपसमा पानी बाराबारको स्थिति आयो । स्ठेजबाट एकापसले आरोप नै आरोप फलाकेर समय खर्चे । तर अन्ततः २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केप ीओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसल विघटन गरिन् । केप ीओलीको यस पाइलालाई संसदीय कु का रुपमा लिई उही दाने(दाहाल नेपाली) गठबन्धनले देशभर आन्दोलन घोषणा गर्यो , आन्दोलन भयो । सर्वोच्चमा रिट पर्यो । लामो बहस भयो। सरकारी तथा गठबन्धनका तर्फबाट बहस गरियो तथापि सर्वोच्चले संसद व्यँुताइदियो र संविधानको धारा ३ बमोजिम केप ीओली नै प्रधानमन्त्रीका रुपमा नियुक्त पाए । १ महिनामा नै विश्वासको मत लिनुपर्नेमा अवस्था नदेखेपछि दिउँसो पत्रकार सम्लेन गरी धारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने कुरा गरे तापनि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको दाबीसँग केपी ओलीले समेत दाबी प्रस्तुत गरे ।

राष्ट्रपतिले पटकपटक केप ीआृलीलाई साथ दिए पछि पुनः संसद विघटन गरी संसदीय इतिहासमा अर्को रेकर्ड कायम भयो । यसविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गदर््े संसद विघटनका विरुद्धमा फेरि सर्र्वोच्चमा रिट पर्यो र संसद पुनस्र्थापित पनि भयो । त्यस घटनापछि र निर्वाचन आयोगले माओवाली र एमाले आआफ्नो बाटो हि.ड्नु भन्ने निणर्य गरेपछि एमालेमा विश्वास र सम्मानको दह्रो पहिरो जान थाल्यो । माधव नेपाल पक्ष र केप ीओली पक्षको दोहोरी नै चल्यो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन माधन नेपालका पक्षधर केही सांसदहरु मतियारका रुपमा देखिए । पार्टी फुटको दिशातिर जाँन थाल्यो । अन्ततः माधव नेपाल र केप ीओली पक्षधरबाट १० जना नेताको कार्यदल गठन गरियो गुट मिलाउन लागियो । त्यो कार्यदलले धेरै काम गर्यो ।

नेपालमा २०५४ सालमा तत्काली एमाले फुटी माले हुँदा पीडा भोगेका नेताहरु पार्टी फुट्नुहुन्न भन्ने लाइनमा लविङ गर्न थाले । जसमध्ये पार्टी फुट्नुहुन्न भनने लाइनमा वकालत गरेका एक महत्वपूणर् एमाले नेता आज प्रदेश नं १ मा मुख्यमन्त्रीमा नियुक्त भए, उनी हुन एमालेका स्थायी कमिटि सदस्य तथा सचिव भीम आचार्य । माधव नेपाललाई अन्तिम अवस्थासम्म साथ दिएका उनी पक्षधर नेताले छोडी ओलीसँग मिली एमाले एकताको सन्देश दिनेमध्ये एक नेता आज मुख्यमन्त्री बनिसकेका छन् भने भर्खर प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य पनि एमालेका शक्ति सन्तुलनका लागि मुख्यमन्त्रीमा नियुक्त भइन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा, नवगठित नेकपा समाजवादीको गठबन्धनका कारण एमालेका प्रादेशिक सरकारहरु धमाधम ढलिरहँदा आज प्रदेश नं १ मा अनेकौँ सम्भावना तथा चुनौतीका चाङ बोकेर भीम आचार्यले माधन नेपाल पक्षीय सांसदलाई समेत सन्तुलनमा राखेर मुख्यमन्त्री बन्ने सपना पूरा गरे ।
म्ुाख्यमन्त्री भीम आचार्यका अवसरहरु ः
शेरधन राईसँग जम्मा २ भोटले मुख्यमन्त्रीमा पराजित भएका भीम आचार्य अन्ततः शक्ति सन्तुलनका लागि मुख्यमन्त्री बन्न सफल बने । लामो समयसम्म पार्टीमा यता न उता भएका नेता तथा कार्यकर्तालाई सङगठित गर्ने मुख्य अवसर नेता आचार्यलाई छ । आफ्नै नेतृत्वमा सरकार तथा पार्टी सन्चालन हुने भएकाले भीम आचार्यका लागि यो मोड स्वणर् मौकाका रुपमा हुनसक्छ ।

शेरधन राईले प्रदेशको नामकरण गर्न नसकी विवादित बनेका बेला प्रदेशको नामकरण गरी प्रदेशवासीको मन जित्ने ठुलो अवसर बनेको छ साथमा माधव नेपालले पार्टी फुटाएर गएपछि बनेको पार्टीको गुटफुटको संस्कारलाई नियन्त्रण गरी साँच्चिकै एकीकृत पार्टीको निर्माण गर्न अवसर देखिएको छ । एमालेमा देखिएको फुटको पहिरोबाट बचाई नयाँ उचाइमा प्रदेश १ मा एमाले स्थापित गराउने तथा समृद्ध प्रदेश बनाउने मुख्य अवसर देखिनछ ।

केपी ओलीको छुचो तथा बेतुकको भाषणका कारण भड्किएको जनमानसलाई सम्हाल्ने तथा एमालेको पक्षमा जनलहर बचाउने चाहिँ एकदमै ठुलो अवसरका रुपमा देखिन्छ । काम गर्ने र आफ्ना तथा प्रदेशको नाम राख्ने मन्त्री आचार्यका लागि ठुलो अवसर देखिन्छ ।
मुख्यमन्त्री भीम आचार्यका मुख्य चुनौतीहरु ः
विशुद्ध एमालेका प्रदेश सांसदको सङख्या अल्पपतमा परे तापनि सान्त्वनास्वरुप समर्थन पाई शेरधनको राजिनामा पछि मुख्यमन्त्री बन्नु नाटकीय प्रवेशजस्तो त देखिन्छ नै तथापि अहिलेको ५ दलीय गठबन्धन नै उनलाई अविश्वासको मतको कारण बन्नेछ । गठबन्धनको योजना र सहमतिअनुसार प्रदेश नं १ माधव नेपालको नेकपा समाजवादीलाई भाग परेको माधव नेपालको पार्टीमा प्रस्टतः खुलेर लागेको भोजपुरका नेता राजेन्द्र राईलाई अघि सारिएकाले भीम आचार्यका लागि यो कार्यकाल फलामको चिउरा चपाउनुभन्दा सजिलो भन्े हुने छैन ।

केपी ओलीको समर्थनका मन्त्री बनेका कारण केपीओली पक्षधरलाई मिलाएर लैजान तथा केन्द्रीय मूल पार्टीलाई असली तरिकाले सम्हाल्दै अघि बढ्ने माहोल बनाउने पनि चुनौती देखिन्छ । माधव नेपालले बनाएको नयाँ पार्टीका् प्रभावका कारण उनको राजनैतिक भविष्य नै चुनौत्ीीपूणर् बनेका बेला आफ्नो प्रदेश पार्टी फुटबाट बढी मात्रामा जोगाउनु पनि मन्त्री आचार्यका चुनौती देखिन्छन् ।

सबै प्रदेशका पार्टी तथा जनताको मन जित्ने गरी प्रदेशको नामकरण गर्ने चुनौतीदेखि विकास, समृद्ध प्रदेश तथा कोभिड नियन्त्रण नै भीम आचार्यका लागि मुख्य चुनौतीहरु द्येखिएका छन् । स्थानीय निकायको निर्वाचनमा विवादमा मुछिएका नेता आचार्यलाई सुनसरी १ को प्रदेश ख मात्रै हैन आफ्नै जिल्लामा आफ्नो पार्टीैको सुरक्षित अवतरण मुख्य चुनौतीका रुपमा देखिन्छ । अब मन्त्री बन्न आकांक्षीहरुको सूचीअनुसार व्यवस्थापन गर्ने कुरादेखि लिएर कोभिडका कारण धरापमा परेका प्रदेशमा पर्यटन, शिक्षा, होटेल व्यवसाय आदिकोृ न्यायोचित सम्बोधन कम सजिलो हुने छैन ।

पहाडी क्षेत्रमा पहुँचमा नपुगेको खोप तथा राहत कार्यक्रम पनि उत्तिकै अप्ठ्यारो देखिन्छ । १ महिनाभित्र विश्वासको मत लिने क्रममा आफ्नै पार्टिका नेताले विश्वासको मत नदिई अल्पमतमा पर्ने सम्धावना अधिक देख्दादेख्दा इतिहासमात्रै राख्नका लागि मुख्यमन्त्रीको कुर्सीमा बस्न पुग्नु आरोपको चाङ बोक्न तयार भएका देखिन्छन् । हरेक जाति, धर्म, सम्प्रदाय तथा संस्कृतिको चाहना तथा अपेक्षा धेरै छन्। पहिले पर्यटन मन्त्री बनिसकेका आचार्यलाई संस्कृति तथा पर्यटनलाई नै व्यवस्थापन, संरक्षण, सम्वद्र्धन गर्न पनि चुनौतीका रुपमा देखिएको छ ।
अवसर जति छ त्यति नै चुनौती देखिएका मन्त्री आचार्यका लागि यो नाटकीय मोडले बनाएको माहोलले पक्कै साथ दिनेछ । तथापि जति काम गर्न पाउँछन् त्यति दिनहरु सुनौला बनुन् प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई हार्दिक बधाई ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,