दमक रवि सडकमा कालोपत्रे सुरु

६० वर्षपछि सडक कालोपत्रे थालीयो

दमक/
ट्रयाक खनिएको ६० वर्षपछि झापाको दमकदेखि इलामको माङ्सेबुङ्ग हुँदै पाँचथरको रबि जोड्ने सडक कालोपत्रेको काम शुरु भएको छ । इलाम र पाँचथरको पश्चिमि क्षेत्रका बासिन्दालाई तराईसँग जोड्ने सडक तीन खण्डमा कालोपत्रे शुरु भएको हो ।

महाभारत पर्वतको दाँयाबायाँ इलाम र पाँचथरको बासिन्दालाई तराईसँग जोड्ने दमक चिसापानी रबी सडकको कलोपत्रे गर्ने काम शुरु भएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको फाल्गुनन्द मार्गको स्तरउन्नती र कालोपत्रे गर्ने काम शुरु भएको हो । संस्थागत रुपमा विसं २०४७ सालबाट ट्रयाक खनिएको ४७ किलोमिटर लामो निर्माणाधीन सडकको तीन खण्डमा कालोपत्रको काम अघि बढेको छ ।

सडक डिभिजन कार्यालय दमक मार्फत हुँदै आएको काम पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्रे हुँदै आएको छ । सडकको पहिलो खण्ड २२ करोड ५९ लाख लागतमा कालोपत्रेको काम भइरहेको छ । महालक्ष्मी र किराँतेश्वर जेभीसँग २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी चैत्रसम्ममा पूणर्रुपमा कालोपत्र हुनेभए पछि स्थानिय खुसि छन् ।

दोस्रो खण्डको १५ दशमवल २६ किलोमिटर सडक ५४ करोड ४४ लाख लागतमा लुम्बिनी र गणपति जेभीसँग निर्माणको संझौता भएको छ । तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रेका लागि ५९ करोड १५ लाखमा कालोपत्रे हुने सडक डिभिजन दमकले जनाएको छ । ३४ दशमलव ५ किलोमिटर डिपिआर गरिएको मध्ये २५ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि काम हुँदै आएको छ ।

इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नती गर्ने काम हुँदै आएको हो । दमक रबी सडक २०१५ सालमा आई सर्भे भई जनस्तरबाटै ट्रयाक खन्न थालिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री र प्रहरीको भूमिका माथि राष्ट्रियसभामा प्रश्न

काठमाडौं,९ भदौ । नेकपा (एमाले) का राष्ट्रियसभा सांसद सोमनाथ पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रशासनबाटै अमानवीय र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका