काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
कारणः लालबहादुर राई नाम गरेका ती व्यक्तिले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए। न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले उनको मुद्दामा यसअघिकै फैसला सदर गरेपछि उनले यो कदम उठाएका हुन्।
घटनाक्रमः अदालतको फैसलाबाट असन्तुष्ट हुँदै ’सर्वोच्चले आफूलाई हराएको’ दाबीसहित सुसाइड नोट लेखेर उनी मंगलबार भवनको माथिल्लो तलामा पुगेका थिए।
हालको अवस्थाः समयमै उनको उद्धार गर्न सफल भएको प्रहरीले उनलाई अहिले मुख्य रजिस्ट्रारको कार्यालयमा सुरक्षित राखेको छ।









