मुख्यमन्त्री राजेन्द्ध राइ द्धारा उद्घाटन हुदै

देश विदेशमा चिनाउन आजदेखी १३ कुने महोत्सव हुने भएको छ

इलाम
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ। इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो।
महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नेछन्। महोत्सवमा स्थानीय परिकार तथा स्थानीय पर्यटकीयस्थलको प्रवर्द्धन गरिने छ। महोत्सवमा दैनिक ५ हजार बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। महोत्सवसँगै सो पोखरीमा दुई डुङ्गा सञ्चालन गरिने भएको छ।

महोत्सवमा राष्ट्रिय कलाकार राजेशपायल राई, पार्वती राई, विनोद खम्बू, हाँस्य कलाकार खड्गबहादुर पुन ९खबपु०, मनोज गोर्खाली र जादुगर राजेन्द्र गिरीको प्रस्तुति रहने अध्यक्ष कहरसिंह राइले बताए।
सिमसार मात्र नभएर यस क्षेत्रभित्र पर्ने सुखानी शहीद पार्क, सोक्तिम, चिलिमकोट चिया बगान, माई जलाधार क्षेत्रदेखि सिद्धिथुम्का चुली, पङ्खेलुङ झरना, पानीटार क्षेत्रको रुट तयार गरी प्याकेजमा लैजान सकिने सम्भावना रहेको बताइएको छ।

माई नगरपालिका-१ मा रहेको बिहीबारेमा सिमसार संरक्षण गर्न स्थानीयले महोत्सवको आयोजना गरेका हुन्। सिमसार क्षेत्रको नामले परिचित यो ठाउँको प्रचारप्रसार गरी नयाँ पर्यटकीय गन्तव्य बनाउन यही पुस ११ गतेसम्म महोत्सवको आयोजना गरिएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ