प्रादेशिक समन्वय समितिको बैठक सम्पन्न

मुख्यमन्त्री द्धाराआवश्यक पर्ने कानून बनाउन पाउनुपर्नेमा जोड दएिको छ

 

झापा/
१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नै व्यवस्थापिका भएका सरकारले आफूलाई आवश्यक पर्ने कानून बनाउन पाउनुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपषिद् कार्यालय विराटनगरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले ‘जहाँ संसद छ, त्यहाँ कानून बन्न पाउनुपर्छ’ भनेका हुन् ।

प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्रादेशिक समन्वय समिति बैठकको अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राईले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचलनअनुरुप व्यवस्थापिका भएका सरकारले कानून बनाउन पाउनुपर्ने विषयमा जोड दिए । उनले अन्तबाटै कानूनको मस्यौदा पठाउने वा नमूना कानून पठाउने कुरा पनि सम्बन्धित सरकार र संसदको प्रतिकूल हुने धारणा राखे। ‘बाहिरबाट, साइडबाट कानून बनाउन सहयोग गर्नु अलग कुरा होला, तर व्यवस्थापिका हैसियत भएका संसद आफै कानून बनाउन सक्षम छन् भन्ने सन्देश दिन जरुरी छ’ मुख्यमन्त्री राईले भने ।

प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्राप्त बजेटको कार्यान्वयन पक्ष कमजोर रहेकोमा त्यसलाई आगामी दिनमा सुधारेर लैजाने प्रतिवद्धता उनले व्यक्त गरे । मुख्यमन्त्री राईले बैठकमा क्रममा विभिन्न पालिका प्रमुखले राख्नुभएको जिज्ञासाको जवाफ पनि दिएका थिए।
बैठकमा पालिका प्रमुखहरूले स्थानीय पालिकाहरूले आवश्यक कानून बनाउन नसकेको विषय उठाएका थिए। बैठकमा उदयपुर त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, इलाम सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र मोरङ कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेलगायत सहभागी थिए।

बैठकमा १ नम्बर प्रदेशका प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत भए गरेका कामका बारे धारणा राखे ।

बैठकमा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्रदेश प्रशिक्षण केन्द्रका निर्देशक गणेशप्रसाद तिम्सिनाले आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम प्रगतिबारे र प्रादेशिक कार्यक्रम प्रबन्धक क्षितिस भट्टराईले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट र कार्यक्रम कार्यान्वयन कार्ययोजना बारे प्रकाश पारेका थिए ।
बैठकले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमको चालू आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय कार्यकारी समितिबाट स्वीकृत भएको प्रादेशिक वार्षिक रणनैतिक कार्यक्रम कार्यान्वयन योजनामाथि छलफल गरी सोहीअनुरुप कार्यक्रम कार्यान्वयन गर्नेलगायतका निणर्य गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न