पोखरेल नै पुनः दोहोरिने

एमाले मोरङमा नेतृत्वको टुंगो लाग्यो, पोखरेल नै पुनः दोहोरिने

झापा। नेकपा (एमाले) मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेको छ । वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुनः दोहोरिने गरी सहमि भएको एक नेताले बताउनुभयो ।

उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने हुनुभएको हो । उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । ‘नयाँ नेतृत्वको टुंगो लागिसकेको छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भन्नुभयो ।

उपसचिवमा भने केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उहाँ एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बस्नुभएको थियो ।पदाधिकारीमा एक महिला अनिवार्यको व्यवस्था विधानमै रहेपछि उहाँलाई ल्याउने तयारी गरिएको जनाइएको छ । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उहाँलाई उपसचिव बनाउन लागिएको हो ।

उपसचिवमै सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताउनुभयो । जिल्लामा एक सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु

कनकाई फोहोर व्यवस्थापन आयोजनामा भ्रष्टाचार भएको राप्रपा सांसद ओलीको दाबी

काठमाडौं,१२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराउनु भएको छ्। मंगलबार बसेको प्रतिनिधिसभाको