एमालेको झापा अधिवेशन

एमाले झापाको अध्यक्षमा कार्की , अन्य पदाधिकारीमा कोको?

बिर्तामोड /
नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दिपक कार्की निर्विरोध निर्वाचित हुनु भएको छ

बिर्तामोडमा शुक्रबारबाट शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा कार्कीको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो ।                                                          २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा उहाँ झापा क्षेत्र नम्वर ६ बाट संविधान सभा सदस्य पदमा समेत निर्वाचित हुनु भएको थियो । लामो समयसम्म नेकपा एमालेको सक्रिय राजनीतिमा रहनु भएका कार्की झापा गौरादह निवासी हुनुहुन्छ ।                                                        अधिवेशनबाट उपाध्यक्ष पदमा प्रेम गिरी निर्वाचित हुनु भएको छ ।    झापा अर्जुनधारा निवासी गिरी २०७० सालको संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्वर ४ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै सचिव पदमा शिव ढुङ्गेल चयन हुनु भएको छ । उहाँ यस अघि नेकपा एमाले झापाको कार्यलय सचिवको भूमिकामा रहनु भएको थियो । उपसचिवद्वयमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ चयन हुनुभएको छ । राजवंशी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकिय सचिवका रुपमा रहनु भएको थियो भने श्रेष्ठ भद्रपुर नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ ।पार्टीका बाँकी पदाधिकारीको टुङ्गो लगाउन सहमतिको प्रयास भइरहेको नेकपा एमालेका नेता प्रविण पोखरेलले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यूयोर्कमा नेपाल–भुटान भेटवार्तातर्फ ध्यान, शरणार्थी र राजनीतिक बन्दीका मुद्दामा संवादको अपेक्षा

तेस्रो मुलुक पुनर्वासपछि पनि समस्या पूर्ण रूपमा अन्त्य भएको छैन। नेपालमा अझै रहेका केही शरणार्थी स्वदेश फर्कन चाहिरहेका छन्

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी