प्रताप सुब्बाको ‘बन्धनको चिनो’ को अनप्लग्ड भिडियो सार्वजनिक

अमेरिका, ७ असोज    मोरङको पथरी शनिश्चरे शिविरबाट तेस्रो मुलुकका रुपमा अमेरिका पुनर्वास नेपालीभाषी भूटानीका प्रथम गायक प्रताप सुब्बाको पहिलो एल्बम ‘बन्धनको चिनो’को अनप्लग्ड भिडियो सार्वजनिक भएको छ ।

 

विशाल गुरुङको निर्देशन र केदार उप्रेतीको सहनिर्देशनमा निर्मित अनप्लग्ड संस्करण एबी क्रिएशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यो प्रोजेक्टमा फ्लेमिंगो ब्याण्डका संगीतकार तथा विभिन्न कलाकारहरूको योगदान छ । जसमा भायोलिन बजाउनेहरूमा मुस्कान बलम्पाकी, सेलेना गुरुङ, युमा चाम्लागाईँ लगायत रहनु भएको छ । गीतको संगीत संयोजन सञ्जीव बराइली र रेकर्डिङ मनिस चाम्लिङले गर्नुभएको हो ।

 

यो एल्बमको अनप्लग्ड संस्करणमा गायक प्रताप सुब्बाले सर्जकका रूपमा आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ, ‘यो संस्करणले पुराना गीतहरूलाई नयाँ पुस्तासम्म पु¥याउन र संगीतमा नयाँ प्रयोग गर्न सहयोग पु¥याउँछ ।’ साथै, उहाँले पुराना समयको तुलनामा अहिले संगीत रेकर्डिङमा प्रविधि र संयोजनमा धेरै सहजता आएको पनि बताउनु भयो ।

 

निर्देशक विशाल गुरुङका अनुसार गायक सुब्बाका अन्य गीतहरूको पनि अनप्लग्ड संस्करण तयार भइरहेको छ । जसलाई निकट भविष्यमा सार्वजनिक गरिनेछ । सन् १९८४ मा कलकत्तामा आफ्ना मित्र खम्बरसिंह गुरुङको घरमा अर्का मित्रले गीत लेख्न हौसला दिएपछि उहाँले गीतका शब्द लेख्नु भएको थियो । यसमा संगीत पनि सुब्बाकै रहेको छ । यो गीत १९८८ मा म्युजिक नेपालमार्फत सार्वजनिक भई नेपालीहरूको मनमा गहिरो छाप छोड्न सफल भएको थियो ।

सुब्बाको ऐतिहासिक गीत ‘बन्धनको चिनो’को अनप्लग्ड संस्करणको छायांकन आफ्नो स्थानमा गर्न पाएकोमा एभरेष्ट स्पाइस मस्क बारका प्रबन्धक निर्देशक सुमन योञ्जनले गर्व महसुस भएको बताउनु भएको छ ।

 

त्यस्तै, अर्का शांग्रिला हिबची सुशी इन्डियन–नेपालीका प्रबन्धक निर्देशक लिला कुइँकेलले यस ऐतिहासिक प्रोजेक्टसँग जोडिन पाउँदा आफूहरूलाई विशेष अवसर प्राप्त भएको अनुभव व्यक्त गर्नुभएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही