गायिका सानुमा ‘ज्योति’को ‘भावना’ ले मन खिच्दैछ

अमेरिका, २० असोज /  सृजना भन्ने चीज पनि बडा गजबको हुन्छ । जसले दुःख सुख केही भन्दैन । अझ दुःखमा पो मौलाएर आउँछ । अनि जहाँ पुगे पनि यो मर्नुभन्दा पनि आफ्नोपनको सम्झनाले झन झाँगिन्छ ।

 

घरदेश छोडेर लामो समयदेखि परदेशमा बसेर श्रम खर्चिदै आउनु भएकी सानुमा ज्योतिलाई यस्तै भइरहेको छ । अर्थात परदेशमा रहँदा अझ सृजनाले भित्रभित्रै चिमोटेर गीत भएर बाहिर निस्किने ठाउँ खोज्यो ।

 

रामु गिरी र शारदा गिरीको कान्छी सन्तानको रुपमा कास्की जिल्लाको रमणीय तथा पर्यटकीयस्थल पोखराकी ज्योति विगत १२ वर्षदेखि युनाइटेल अरब इमिरेट्स अन्तर्गतको दुबईमा रोजगारी गर्दै सँगसँगै सृजनशील बन्दै आउनु भएको छ । गाउन औधी मन पर्ने उहाँले गीत गुनगुनाएर परदेशमा हुनुको टाढापन भुल्न टिकटकमा समेत गीत प्रस्तुत गर्दै आउनु भयो । त्यस क्रममा एउटा संयोग मिल्यो । टिकटकमा गीत गाउने क्रममा दुर्गाप्रसाद भट्टराईले उहाँको आवाजको प्रशंसा गर्दै एउटा गीत निर्माणमा लगानी गर्ने वाचा गर्नुभयो र सोही परिणाम स्वरुप म्यूजिक भिडियो सहितको गीत सार्वजनिक हुन पायो । जसको नाम ‘भावना’ जुराइएको छ ।

 

उहाँका श्रीमान सजीव आनन्दले पनि उतिकै साथ दिएपछि आफ्नो रहर पुरा हुन पाएको छ । यस बखत, टिकट्क लगायत अन्य मिडियाहरूमा नेपाली संगीत प्रेमीहरूले रिल बनाएर यसलाई भाइरल बनाइरहेपछि ज्योतिको गायनको आयतन संसारभर फैलिएर प्रिय बनेको छ ।

 

आधुनिक शैलीको प्रेमिल गीतमा के.एन. नेपालको शब्द र तुलाधर दर्नालको संगीत छ भने राहुल विश्वकर्माले यस गीतलाई एरेन्ज गर्नुभएको छ । गीतको भिडियोमा नायक जीवन कुमार ज्ञवाली र शिला गजुरेललाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ । ज्ञवालीकै कोरियोग्राफी र निर्देशनमा तयार भएको यस भिडियोमा दुर्गा पौडेलको छायांकन र दीपक भिस्टाको सम्पादन रहेको छ ।

 

नेपाली गीत-संगीत, कला, भाषा, र नेपालीपनको संरक्षणमा समर्पित भएर क्रियाशील ज्योतिलाई क्रीयटिभ इडिटिङ गर्न पनि मन लाग्छ । उहाँले त्यसप्रकारको इडिटिङमा क्यापकट, टिकटकमा थुप्रै टेम्प्लेटहरु डिजाइन गर्नुभएको छ र त्यसलाई धेरै जनाले प्रयोग गर्दै त्यसखाले कलाको पनि प्रशंसा गरिरहेका छन् ।

 

दुर्गाप्रसाद भट्टराईको डीआरएस अनलिमिटेड च्यानलमार्फत सार्वजनिक सो गीतले ज्योतिलाई निकै उत्साहित बनाएको छ । परदेशमा रहेर पनि सृजनालाई अझ मौलाउने ठाउँ बनाएर भावनामा बगी बगी नयनभित्र डुब्दै कल्पनामा उडी उडी गगनलाई चुम्न सक्नु पक्कै पनि सृजनाको आकाश फराकिलो बन्नु हो, नेपालीपनको सुवास फैलिनु हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही