अध्यक्षमा भण्डारीको अग्रता, चौधरी निरिह

एमाले सुनसरीको जारी मतगणना स्थगित

झापा  /

नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित भएको छ । निर्वाचन कमिटीले चिसोका कारण भोलि विहान सम्मका लागि मत गणना स्थगित गरिएको जनाएको छ ।

मूख्य निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार आजलाई स्थगित मत गणना भोलि विहान १०ः३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७५ मत गनिएको छ ।

१ सय ७४ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन । उनले ८७ मत प्राप्त गर्दा प्रत्यासी खेमराज पोखरेलले ७६ मत ल्याएका छन । द्वारिकलाल चौधरीले भने अहिले सम्म मात्र १० मत पाएका छन ।

उनी गणनाको सुरुवाती चरण देखिनै भण्डारी र पोखरेल भन्दा निकै पछि परेका थिए । अध्यक्ष तर्फ १ मत बदर भएको छ ।त्यसैगरी उपाध्यक्ष तर्फ निलम खनालले १ सय २ मत ल्याएका छन भने नन्द बस्नेतले ६५ मत ल्याएका छन ।

निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपसचिवमा राम कोइरालाले ८९, योग्यराज खड्काले ५३, अञ्जनी पोखरेलले ५३, लोकेश निरौलाले ५२,अर्जुन गहतराजले २८ , पदम लिम्बुले ३६ र लहरु जिमीले १६ र मत ल्याएका छन ।

हिजो इनरुवा खेल मैदानमा सम्पन्न मतदानमा कुल मतदाता २ हजार १ सय ५० मध्ये १ हजार ८ सय ५ जनाले मत खसालेका थिए । एमाले सुनसरीको पदाधिकारी तर्फ अध्यक्ष, उपाध्यक्षमा एक-एक जना र उप-सचिवमा २ जना निर्वाचित हुनेछन । सचिव तर्फ पर्शुराम यादव भने यस अघिनै निर्विरोध भैसकेका छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,