नेपाली साहित्यको विस्तार

रमेश दियालीबाट कसरी सल्किदैछ ‘भुसकोे आगो’ ?

कोलोम्बस- ओहायो, मंसिर २१
प्रतिष्ठित नेपाली लेखक रमेश दियालीले समाजमा जटिल परिस्थितिहरूका बीच जीवन यापन गरिरहेका पात्रहरूको कथा समेटेर ‘भुसकोे आगो’ उपन्यास प्रकाशित गर्नुभएको छ ।

 

दियालीको सो बहुप्रतिक्षित उपन्यासको डिसेम्बर २८ मा कोलोम्बस, ओहायोमा लोकार्पण कार्यक्रमको योजना बनाइएको छ । इन्डिगो इन्कद्वारा प्रकाशित ‘भुसकोे आगो’ केवल कथा मात्र नभएर समाजको ऐना हो, जसले मानव जीवनमा देखिने अफ्ठ्यारा अवस्थाहरू र तिनले ल्याउने असर /प्रभावलाई गहिरो रूपमा उजागर गरेको उपन्यासकार दियालीको कथन छ । उपन्यासले प्रेम, मोह, र जीवनका यथार्थ पक्षहरूको कलात्मक चित्रण गर्दै पाठकहरूलाई आत्मसमीक्षाको यात्रा तय गराउनेछ ।

 

सो उपन्यासले मरुभूमि जस्तो जीवन बाँचिरहेका आम मानिसहरूको दैनिक संघर्ष र तिनले भोगेका कठोर यथार्थहरूलाई उजागर गरेको छ । समाजमा हुने दुःखद घटनाहरू र पात्रहरूको भोगाइलाई आधार मानेर उपन्यासले सम्बन्ध र जीवनका विविध पक्षहरूको खोजी गरेको छ । पुस्तकले पाठकहरूलाई सम्बन्ध, मोह, र समाजमा देखिने यथार्थतामाथि गहिरो दृष्टिकोण दिनेछ । यस कृतिले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

 

लेखक दियालीले यस कृतिबाट जीवनका अनेकौँ रंगहरूको अभिव्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “यो उपन्यासका पात्रहरूले पाठकहरूको मनमा गहिरो छाप छोड्नेछन् र पात्रहरूलाई सम्झिरहने प्रेरणा दिनेछन् होला भन्ने मलाई लाग्छ ।”

 

 

लोकार्पण कार्यक्रममा कला, साहित्य, र संस्कृतिसँग जोडिएका प्रतिष्ठित सर्जकहरूको उपस्थिति रहनेछ । कार्यक्रमले नेपाली साहित्यप्रेमीहरूलाई रमाइलो अनुभूति दिने अपेक्षा गरिएको छ ।

 

सो उपन्यास नेपालका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने उल्लेख छ । नेपाल बाहिर रहेका पाठकहरूले यस पुस्तकलाई एमाजोन मार्फत सजिलै प्राप्त गर्न सक्नेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही