अनुशीलन

पत्रकारिता र साहित्यको उचाईमा गोपीकृष्ण

दमक, मंसिर २८
साहित्यमा रुचि भएर केही लेख्दै गरेको अवस्थामा उहाँ पत्रकारिता पेशामा समेत जोडिन पुग्नु भयो । अर्थात उहाँ पेशाले पत्रकारिता गर्दै अनि साहित्यको प्रवद्र्धनमा समेत सृजनशील समय व्यतित गर्दै आइरहनु भएको छ ।

 

२०३१ पुस २ गते झापाको गौरादह ७ मा जन्मिनु भएका गोपीकृष्ण ढुङ्गाना विगत २५ वर्षदेखि काठमाडौंमा रहेर पत्रकारिता पेशामा आफूलाई पूणर्रुपमा व्यवसायिक बनाउँदै आउनु भएको छ । नेपाली छापा पत्रकारितामा जोडिने क्रममा विगत २० वर्षदेखि अन्नपूणर्पोष्ट दैनिकमा आवद्ध हुनु भयो । यसक्रममा हाल त्यहाँको विचार पृष्ठ र फुर्सद परिशिष्टांकको ओपेड एडिटरका रुपमा क्रियाशील हुनुहुन्छ ।

 

उहाँ विशेष गरी संस्कृतिसँग सम्बन्धित विषयमा समाचार लेख्न रुचाउनु हुन्छ । पत्रकारितालाई हतारको साहित्य समेत भनिने भएकाले पत्रकारिता गर्दा शब्द शिल्पताको ज्ञान आवश्यक पर्छ नै अर्थात पत्रकारिताको प्रस्तुतिलाई प्रभावकारी बनाउन साहित्यिक कलाको जरुरत पर्दछ । यस अर्थमा यी दुबै क्षेत्रमा रहेर दुबै क्षेत्रको आपसी सम्बन्धबाट उहाँले सृजना क्षेत्रमा थुप्रै काम गर्न भ्याउनु भएको छ । उहाँले अनुसन्धानमूलक लेखहरु प्रकाशन गरेर आफूलाई फराकिलो बनाउनु भएको छ ।

 

पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिताको स्नातकोत्तर तह एमएएमसीजे गरेपछि उहाँले त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामै एमफील समेत गर्नुभयो । अहिले हाल प्रिन्स अफ सङ्कस्ला युनिभर्सिर्टी थाइल्याण्डबाट विद्यावारिधीको क्रममा अघि बढ्नु भएको छ । पत्रकारिता विषयमै काठमाडौंमा डेढ दशक प्राध्यापन समेत गरेको उहाँको अनुभव छ ।

 

साहित्यतर्फ कविका रुपमा समेत परिचित उहाँ बालकृतिकार, गजलकार, गीतकारका रुपमा अझ स्थापित हुनुहुन्छ । उहाँको पहिलो कृति विवेक सिर्जनशील प्रकाशनबाट २०६० मा प्रकाशित गजल संग्रह मौनताका रातहरू हो । २०७१ सालमा तन्नेरी प्रकाशन काठमाडौंबाट प्रकाशित दोस्रो गजल संग्रह हो ‘आफैंभित्र’ ।
त्यसपछि उहाँको बालसाहित्यतर्फको रुचिले ०७० मा सचित्र बालकथा ‘फुच्चे हात्ती’ र ‘कमिलाको डाक्टर’ प्रकाशित भयो । त्यसपछि सचित्र कथा, कविता गरी बालसाहित्यका हालसम्म १२ वटा कृति प्रकाशित छन् । त्यसमध्येका २ वटा कृति अंग्रेजी भाषामा छन् । लेखसहितका गरी उहाँँका हालसम्म १७ वटा कृति प्रकाशित छन् ।

 

निमा पुस्तकले २०७९ मा प्रकाशन गरेको कक्षा ७ को सजिलो नेपालीमा ‘से-फोक्सुण्डो यात्रा’ नियात्रा, बुद्ध प्रकाशनको कक्षा ६ को रमाइलो नेपालीमा ‘मैले कुरो बुझें’ शिर्षकको बालकथासहित हालसम्म उहाँका ११ वटा सिर्जना विभिन्न तहका पाठ्यपुस्तकमा समेटिइसकेका छन् । उहाँका दर्जन बढी गीत र गजल समेत रेकर्ड भएका छन् । उहाँले दर्जनौं पुस्तकहरु सम्पादन गर्नुभएको छ । दर्जनौं सम्मानले सम्मानित बन्नु भएको छ ।

 

मध्यपुरठिमी नगरपालिका-३,गठ्ठाघर भक्तपुरमा बसोबास गर्नुभएका उहाँले सृजनाकै खेतीमा आफूलाई प्रवाह गर्दै आउनु भएको छ । हालसम्म सिंगापुर, थाइल्याण्ड, मलेसिया, बंगलादेश, चीन, भारतको भ्रमण गरेर आफ्नो अनुभवलाई बढाउने अवसर पाउनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा उहाँको साहित्य र पत्रकारिताको यात्राका बारेमा कुराकानी गरिएको छ । हेरौं भिडियोमा ः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

काठमाडौं,१४ असार । अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य

’राउन्ड अफ ३२’ को खेल तालिका सार्वजनिक

काठमाडौं,१४ असार । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको

मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर मनाइँदै

काठमाडौं,१४ असार । नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको