आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गर्नु भएको छ।१४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उहाँले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताँउनु भएको छ ।नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ समारोहमा उहाँले उक्त कुरा बताँउनु भएको हो ।संयोजक डा.महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गर्नु भएको हो।

 

पार्टीभित्र देखिएको विवादका सन्दर्भमा बोल्दै महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गर्नु भयो। सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उहाँले आग्रह गर्नु भयो।‘हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ। नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ महतले भन्नु भयो, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ। हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो।’उहाँले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उहाँले बताँउनु भयो । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो।

 

महतले पार्टीको संगठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने उहाँले बताँउनु भयो ।नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ ।यसअघि महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा.महतलाई जिम्मेवारी दिएको थियो ।त्यस्तै, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा.अमित कार्कीलाई जिम्मेवारी दिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्

विद्युत् खपत बढाउन र गुणस्तरीय सेवा दिन ऊर्जामन्त्रीको निर्देशन

पोखरा,१२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न तथा गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र

झापाको कन्काईमा थ्रेसरबाट आगलागी, ५० हजारको पराल नष्ट

झापा , १२ मसिर । धान झार्ने थ्रेसरबाट झापामा फेरि आगलागी भएको छ ।आज शनिबार बिहान कन्काई नगरपालिका २ शान्ति टोल बस्ने ओमनाथ ढकालको धान

झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने रास्वपा सभापति लामिछानेको घोषणा

काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट

मत नदिए पनि कर्णालीको विकासमा रास्वपा प्रतिबद्ध छ : सभापति लामिछाने

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताँउनु भएको छ ।शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा