झापाको माटोमा ७० प्रतिशत बढी अम्लियपन, उपचार गर्नु आवश्यक

दमक, माघ १३
झापाको माटोमा ७० प्रतिशत बढी अम्लियपन भेटिएको छ । अम्लियपन हटाउन माटोको उपचार आवश्यक रहेको कृषि ज्ञान केन्द्र झापाको सुझाव छ ।

 

जिल्लाको दमक नगरपालिको आयोजनामा आइतबार दमकको माटो परीक्षणका सन्दर्भमा कुराकानी गर्दै ज्ञान केन्द्र अन्तर्गत सुरुङ्गाकी ल्याब टेक्निसियन अञ्जु बुढाथोकीले झापाको माटोका बारेमा जानकारी गराउने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले रासायनिक मलको बढी प्रयोग भएकाले माटोको उर्बराशक्ति घटेको जनाउँदै प्रांगारिक मल र चुनको प्रयोग गरेर माटोको उपचार गर्नु आवश्यक रहेको सुझाव दिनु भयो ।

 

कृषि ज्ञान केन्द्र अन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा प्रदेश सरकारको कृषि मन्त्रालयले उपलब्ध गराएको मोवाइल माटो परीक्षण ल्याव भेनमा दमक क्षेत्रको माटोको ४८ वटा नमूना परीक्षण भइरहेको छ ।

 

दमक क्षेत्रको माटोको अवस्था जाँच गरेर आवश्यक उपचारका लागि नगरपालिकाले सहयोग गर्ने योजना रहेको कृषि शाखा अधिकृत चन्द्रकला भट्टराईले जनाउनु भयो ।
शिविरमा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमकको माटोलाई उब्जाउ बनाउने नगरको योजना रहेको बताउनु भएको थियो । सो शिविरमा कृषि ज्ञान केन्द्र र दमक नगरका प्राविधिकहरुले ल्याब परीक्षण गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि