शिशुको मृत्यु

भक्तपुरमा आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु, आमाबाबु गम्भीर

 

 

 

कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उनले जानकारी दिए ।

शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उनकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उनले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रेग्मीले भने, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हुँदैन, यो घटना पनि यसैको परिणाम हो ।”

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसदहरूको भाषा र व्यवहारप्रति सभामुखको ध्यानाकर्षण

काठमाडौं,१७ जेठ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको

भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशनः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत

टेबलटकबाट समाधान खोज्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराउनु भएको छ् । आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले

आन्दोलन र घटनाक्रमका प्रतिवेदनमा सरकार गम्भीर भएको प्रधानमन्त्री शाहको दाबी

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४ गतेको मानव अधिकार आयोगका प्रतिवेदन मात्रै नभई विभिन्न कालखण्डमा गठित आयोगहरूले बुझाएका प्रतिवेदनहरूको समेत

प्रधानमन्त्री शाह संसदमाः सांसदका प्रश्नको दिँदै जवाफ

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनु भएको छ । उहाँले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइ रहनु भएको छ । आजको

दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

दमक,१७ जेठ । युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई डिजिटल प्रविधि मार्फत सशक्त बनाउने उद्देश्यले दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु भएको छ। तालिमको उद्घाटन दमक