दमक, फागुन ३
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नचाँहिने धारणा राखेको लगायतका आरोप लगाउँदै बिभिन्न विषयमा कटाक्ष गर्नु भएको छ ।
शनिबार प्रधानन्त्री ओलीको गृहनगर झापाको दमकमा माओवादी केन्द्रको दोस्रो नगर अधिवेशन उद्घाटनसहितको खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ‘संविधान लेख्ने बेलामा केपी शर्मा ओलीले संघीयता र समावेशीता सहितको संविधान नबनाउँ भन्नु हुन्थ्यो तर माओवादीको दवावले गर्दा मात्र उहाँले स्वीकार गर्नु भएको हो ।’ आफ्नो भाषणमा उहाँले त्यसबेला पनि मनले स्वीकार नगरेको यो संविधान अहिले आफु शक्तिमा भएपद्धि ओली च्यात्न तयार हुनु भएको छ । यसको सबैले प्रतिकार गर्नु पर्छ ।’
जनतामा निहित राखेर लेखिएको संविधान अहिलेको सत्ता पक्षीय दलहरुले मान्न नचाहेर त्यसलाई मास्न खोजेको र अध्यादेश ल्याउने प्रपञ्च गरिएको पनि उहाँको आरोप छ । प्रचण्डले भन्नुभयो ‘माओवादीको अभियानबाट जारी जनतामा निहित संविधानलाई च्यातेर अपारदर्शी, अलोकतान्त्रिक ढंडले अहिले गठबन्धन गरिएको छ । आफ्नो देश विकास गर्ने अभियान मन नपराउनेहरुले बनाएको यो गठबन्धनले देशमा परिवर्तन नल्याउने पनि उहाँको टिप्पणी थियो ।
साथै प्रचण्डले दमकका स्थानीय नेताले दमक र आसपासका क्षेत्रमा रहेका केही समस्याको बारेमा दिएको चिट पनि पढेर सुनाउनु भएको थियो । ती समस्यालाई समाधान गर्न आफुले सडकदेखि सदनसम्मैबाट पहल गर्ने समेत प्रतिवद्धता जनाउनु भयो । पाथीभरामा निर्माण गर्ने भनिएको केवलकार विवादलाई शत्ता शक्तिबाट नभएर बार्ताबाट समाधन गर्न आफुले सरकारलाई अनुरोध गरिरहेको समेत सभालाई जानकारी गराउनु भयो ।









