पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आइतबार उहाँले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिनु भएको हो।
पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ ।पुल निर्माणको प्रगतिबारे जानकारी लिन कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिस्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी हुनुन्थ्यो। रु २२ करोड ३७ लाखको लागत रहेको पुल निर्माणाधीन छ।तस्बिरहरु













