विहे/ब्रतवन्धका सजावटका सामान बनाउन सिक्दैछन् महिलाहरु

दमक, फागुन १९
विहे तथा ब्रतवन्धकालागि सजावटका सामग्रीको आवश्यकता बढ्दो छ । अझ आकर्षक देखिने प्रकारका सामग्री खोज्ने रुची जो कोहीको हुन्छ । युवा पुस्ताले त अझ विभिन्न सञ्चारमाध्यममा हेरेर पनि आकर्षक खाले सजावटका सामग्री खोज्ने गरेका छन् ।

 

यसप्रकारको सजावटको सामग्री निर्माणको आवश्यकतालाई महसुस गर्दै दमकस्थित सृजनशील नारी एकता समाजले त्यस्ता सामग्री निर्माण सम्बन्धी तालिम दिने योजना बनायो । त्यसमा दमकको ९ नम्बर वडा कार्यालयमा पेश भएको प्रस्तावनापछि कार्यक्रम स्वीकृत भएर १५ दिने तालिम अघि बढ्यो । वैदेशिक रोजगारीका क्रममा भेटिएका महिला साथीहरुले आफ्‌नै देशमा सीपमूलक केही कार्यक्रम अघि बढाउने योजना बनाएर नेपाल आएपछि २ वर्षअघि संस्था दर्ता गरेर यसखाले कार्यक्रम अघि बढाइएको सृजनशील नारी एकता समाजकी अध्यक्ष मालता गोलेले जनाउनु भयो ।

यसखाले तालिमले नेपाली मौलिकतासँग जोडिएको सामग्री निर्माण सम्बन्धी महिलाहरुको सीप प्रवद्र्धनमा भूमिका खेलेकोमा ९ नम्बर वडाध्यक्ष कुवेरप्रसाद भट्टराईले खुसी व्यक्त गर्नुभयो । तालिम समापनका अवसरमा बोल्दै उहाँले मौलिकता समेत जोगाउने तथा सृजनशीलताको विकासका योजनामा वडाले सक्दो सघाउने उल्लेख गर्नुभयो ।

 

फागुन ४ देखि १९ गतेसम्म सञ्चालित तालिमले ढाकी, डालो, किस्ती, ठेकी, पिरासहितका सामग्री निर्माण गर्न सिकाएको तालिम प्रशिक्षक साथी क्रियशन उर्लाबारीकी उमादेवी पौडेलले जानकारी गराउनु भयो ।

 

सजावटका सामग्री निर्माणको तालिमले आफूहरुलाई केही गर्ने बाटो देखाएको भन्दै प्रशिक्षार्थीहरु पवित्रा कार्की अधिकारी,
गीता कार्की चुडाल लगायतले खुसी व्यक्त गरेका छन् ।

वडाका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भरतातर्फ उन्मुख गर्ने योजनामा वडा कार्यालयले सो तालिमकालागि ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल