पूर्व आप्रवासीको सीपलाई देश निर्माणमा लगाउने योजनामा कांग्रेस

दमक, फागुन २५
रोजगारीका सिलसिलामा प्रत्येक वर्ष लाखौं नेपाली विदेश जाने गरेका छन् । नेपालमै रोजगारको वातावरण बन्न नसक्दा युवाहरु रोकिने अवस्था अझै छैन । अर्काको देशमा पसिना बगाएपनि त्यहाँ सिकेको सीप अनि बुझ्‌न पाएको श्रमको महत्वका सन्दर्भमा भनें महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । नेपाल फर्किएपछि त्यही सीपलाई देश निर्माणमा सदुपयोग गर्ने भन्ने हिसाबले विभिन्न दल निकटहरु संगठित हुने र कार्यक्रमहरु अघि बढाउने क्रम बढको छ । यस क्रममा नेपाली कांग्रेस निकटहरु संगठित भएर देशव्यापी कार्यक्रम अघि बढाइरहेका छन् ।

 

पूर्व आप्रवासी समन्वय विभाग केन्द्रीय समिति गठन गरिएको छ । पछिल्लो पटक कोशी प्रदेशको कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । पूर्व आप्रवासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा बिर्तामोडमा आयोजित ‘स्वदेशदेखि विदेशसम्म’ विषयक २ दिने अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । अदक्ष कामदार, दक्ष जनशक्ति र अध्ययन गरी तीन प्रकृतिमा नेपालीहरु विदेशिने गरेको चर्चा गर्दै उहाँले विदेशमा सीप र दक्षता हासिल गरेका ब्यक्तिहरुको सीप, क्षमता र पैसा नेपालमा लगानी गर्नसके देश विकास सम्भव भएको भनाई राख्नुभयो ।
यसअघि नेता कोइरालालाई दमकमा कांग्रेस पार्टी नेता, कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

 

अवसरको खोजीमा युवा पुस्ता विदेशिनु स्वाभाविक भएपनि उनीहरुलाई स्वदेश फर्काएर सीप र सिर्जनाको उपयोग गर्ने नीति राज्यले लिनुपर्ने कार्यक्रमको जोड थियो ।
कांग्रेस महासमिति सदस्य एवम् पूर्व आप्रवासी विभागका केन्द्रीय सदस्य तथा कोशी संयोजक विज्ञानराज प्रसाईंले यसखाले नीतिको निर्माण गर्न आवश्यक देखिएकाले पूर्व आप्रवासी समन्वय विभागको आवश्यकता खड्किएको जनाउनु भयो । उहाँले प्रदेशस्तरमा पनि समिति निर्माणको प्रक्रिया अघि बढाइएको उल्लेख गर्नुभयो । पूर्व आप्रवासी विभागलाई पार्टीको भ्रातृ संगठननै बनाउने तयारीमा पहिलो चरणमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन अघि बढाएको जनाउनु भयो ।

 

कार्यक्रममा पूर्व आप्रवासीहरुको तथ्याङ्क संकलन, उनीहरुमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल भएको र छलफलमा उठेका विषयवस्तुको दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने बताइएको छ ।

 

विभिन्न देशमा रोजगार गरेर फर्किएका नेपाली कांग्रेसमा आस्थावानहरुले २ महिना अघिदेखि विभाग गठन गरी तथ्यांक संकलनसमेतको कार्यक्रम अघि बढाएको नेपाली कांग्रेस सांस्कृतिक महासंघका केन्द्रीय सदस्य बालकृष्ण निरौलाले बताउनु भयो ।

 

प्रदेशहरुमा पूर्व आप्रवासीको तथ्यांक संकलन तथा कार्यक्रमको बारेमा जानकारी गराउने क्रममा पाँचौं कार्यक्रमका रुपमा बिर्तामोडमा अन्तरक्रिया गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल