नेपाली भोटे कुकुरले बल्ल पायाे अन्तर्राष्ट्रिय मान्यता

दमक, चैत ४
नेपालको हिमाली भेगमा पाइने भोटे कुकुरले बल्ल अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

 

इन्टरनेशनल केनेल क्लब (आइकेसी) ले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको मान्यता प्रदान गरेको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जनाउनु भयो ।

 

पहिला तिबेतन म्यास्टिफलाई नै भोटे कुकुर भन्ने चलन रहेको अवस्थामा भोटे कुकुर र तिबेतन म्यास्टिफ फरक हो भनेर प्रमाणित गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न लामै संघर्ष गर्नुपरेको पौडेलले बताउनुभयो । पौडेलका अनुसार १८ भन्दा बढी भोटे कुकुरको डीएनए परीक्षण गरिएको थियो भने सयौँ कुकुरमा चिप लगाएर निगरानीमा राखिएको थियो ।

 

भोटे कुकुर खर्कहरूमा बाख्राको रेखदेख गर्नका लागि पाल्ने गरिन्छ । तल्ला क्षेत्रहरूमा पनि भोटे कुकुर सोखले पाल्ने गरेका छन् । भोटे कुकुरलाई प्रवद्र्धन गर्नका लागि २०७९ सालमा पहिलो संस्था नेपालमा खुलेको हो । सोही संस्थाले गत माघमा पोखरामा भोटे कुकुर प्रदर्शनी गर्‍यो । क्लबले १ सय भन्दा बढी भोटे कुकुर दर्ता गरिसकेको छ ।

 

 

नेपालका उच्च हिमाली क्षेत्रमा पाइने भएपनि ढोरपाटन क्षेत्रमा बढी सङ्ख्यामा रहेका क्लबले जनाएको छ । त्यसैले दोस्रो भोटे कुकुर प्रदर्शनी पनि ढोरपाटनमै गर्न लागिएको छ । नेपालमा ५ सय हाराहारी भोटे कुकुर रहेको अनुमान छ ।

 

 

भोटे कुकुरको एउटै बाउ र आमाबाट जन्मेको छाउराछाउरी समेत फरक हुन्छ । त्यसैले भोटे युनिक कुकुर भएको मानिन्छ । छाउराको मूल्य नै ४० हजारसम्म पर्छ भने छाउरीको मूल्य ३० हजार पर्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल