जमिन नभएर किन चिन्ता ? घरमाथि नै गर्न सकिन्छ खेती

दमक, चैत ७
तपाईंको सहरमा घर मात्र छ, साजसब्जी लगाउने र फूलबारी बनाउने जमिन छैन भनेर चिन्तामा हुनुहुन्छ ? यदि त्यस्तो हो भनें दमक नगरपालिकाले तपाईंको घरको कौशी अर्थात छतमा खेती गर्नकालागि प्रोत्साहित गरिरहेको छ । तपाईं पनि त्यसमा सहभागि भएर जमिनको विकल्पमा घरैमाथि खेती गर्न सक्नु हुनेछ । जसले वातावरण समेत हरियाली बनाउन मद्धत गर्दछ ।

 

कौशी खेतीको अवधारण यतिबेला मात्र अघि आएको भनें होइन । दमक नगरपालिकाका सहरीकरण भएका वडा वडामा यसखाले खेतीकालागि तालिम प्रदान गरेर घरवालाको सागसब्जीको दैनिक आवश्यकतालाई परिपूर्ति गराउने काम सञ्चालन भइरहेको छ । यस अन्तर्गत सबैभन्दा बढी बजारीकरण भएको वडा नम्बर ६ ले बिहीबारबाट कौशी खेती सम्बन्धी ३ दिने तालिम प्रारम्भ गरेको छ ।

 

तालिम उद्घाटनका क्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले कौशी खेती गरेर विषादीरहित सागसब्जी उत्पादन गरेर स्वस्थ र आत्मनिर्भर बन्न सकिने उत्प्रेरणा दिनुभयो ।

 

तालिममा प्रशिक्षकका रुपमा रहनु भएका रुपक बुढाथोकीले मौसम अनुसारका साजसब्जी लगाउनुपर्ने कुरालाई ध्यान दिँदै गर्मीयामको यो समयमा लगाउने सागसब्जीका बारेमा जानकारी गराउनु भयो ।

 

वडाको १ लाख रुपैयाँको बजेटमा २५ महिला र ५ पुरुष सहभागि तालिम समापनसँगैट मल बीउ बीजन तथा खेतीमा आवश्यक सामग्री समेत वितरण गरिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल