पथरी शनिश्चरेमा भूमि आयोगद्वारा स्थानीय तहका लागि अभिमुखीकरण

पथरी, चैत ९
पथरी शनिश्चरे नगरपालिकामा भूमि समस्या समाधान आयोग मोरङको आयोजनामा एक दिवसीय भूमि समस्या समाधान आयोगका कार्यविधि तथा प्रक्रिया सम्बन्धी स्थानीय तहहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

 

पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा आयोग मोरङका प्रमुख नवीन पौडेलले निवर्तमान सुशीला घिमिरेको नेतृत्वमा रहेको यस अघिको भूमि आयोगले गरेका कार्यहरूलाई वर्तमान भूमि आयोगले पनि निरन्तरता दिंने र थप बाँकी कार्यहरूलाई सम्पादन गर्दै अगाडि बढ्ने बताउनु भयो । उहाँले कार्यक्रम अघि बढाउन केही दिन भित्रमा १ जना सर्वेक्षक र २ जना अमिन पथरी शनिश्चरे, मिक्लाजुड, कानेपोखरीसहितका पालिकाहरूमा पठाउने तयारी भइरहेको उल्लेख गर्नुभयो । साथै, उहाँले आयोगले थालेका कार्यका लागि पथरी शनिश्चरे नगरभित्रका सबै राजनीतिक दल र पालिकाका जनप्रतिनिधिहरूले पनि निरन्तर सहयोग पुर्याउने विश्वास लिनुभएको थियो ।

 

सोही क्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी शनिश्चरे नगरभित्र इलामको चुलाचुली, झापाको बेलडाँंगी, दुम्से, कोशी टप्पु जग्गा सम्बन्धीको सट्टा भर्ना, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको जग्गा सम्बन्धी थुप्रै समस्याहरु रहेको उल्लेख गर्नुभयो । एउटाले ढालफाँड र भोग तर अर्कौले दर्ता गराएका जग्गाको समेत जटिल समस्या रहेको पनि जानकारी गराउनु भयो । नगर प्रमुख तुम्बापोले पथरी शनिश्चरे १ मा राष्ट्रिय वनसँग सम्बन्धित समस्या रहेको उल्लेख गर्नुभयो भने विशेष रूपमा वडा नं ३ ,४, ७ ,८, ९ र १० मा भूमि समस्या जटिल रहेको प्रष्ट्याउनु भयो । उहाँले वडा नम्बर २, ५ र ६ मा पनि भूमिसम्बन्धी समस्या रहेको जनाउनुभयो । त्यस्तै, उहाँले सर्वोच्च अदालतद्वारा कतिपय पुर्जावालाहरूको पक्षमा फैसला भएको तर वर्षौंदेखि भोगचलन भने अर्कैले गर्दै आएको जग्गा सम्बन्धी पनि समस्या रहेको उल्लेख गर्नुभयो ।

 

सो अवसरमा भूमि आयोगका कर्मचारी धीरेन्द्र यादव र कृष्णकुमार मण्डलले भूमि समस्या समाधान आयोगका कार्यविधि र प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

 

कार्यक्रममा भूमि समस्या समाधान आयोग मोरङ समितिका विज्ञ सदस्य विजय डाँगी तथा सदस्य गणेश खड्का, पथरिशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, नगर प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, वडाध्यक्षहरू भीम कुमार राई, नैना राई, लोकनाथ न्यौपाने, उद्धवराज बस्नेत, वीरबहादुर राई, जीवन खतिवडा, कार्यपालिका सदस्य वीरध्वज शिवा, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

बाठमान्डौ,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताउनु भएको । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको

बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको

प्रधानमन्त्री शाहद्वारा भोटेकोशी बाढीबारे ब्रिफिङ

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराउनु भएको छ। बुधबार बसेको

विपत्तिमा विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

बाठमान्डौ,१७ भदौ ।  प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताउनु भएको

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

बाठमान्डौ,१७ भदौ । संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थाल्नु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले रसुवा बाढीपीडितबारे सम्बोधन गर्नु भएको हो। भदौ १०

जर्मनीको आरोप ड्रोन आक्रमणमा रुस जिम्मेवार,

जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ। जर्मनीका