बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि नै पुनःस्थापना गर्न थालिएको बताउनु भयो । सञ्चार सेवाको पहुँचबाहिर रहेका स्थानमा ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको उहाँको भनाइ छ ।

‘प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा दोस्रो दिनदेखि पुनःस्थापना हुँदै हिजोसम्ममा ९५ प्रतिशत सेवा पुनःस्थापित भइसकेको छ । सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थलहरूमा हाल ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्‍याएको छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहका अनुसार बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्‍याएको छ । विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजनामा २८१ मेगावाट तथा निर्माणाधीन ४ वटा आयोजनामा ३८८ मेगावाट क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

क्षतिग्रस्त आयोजनामध्ये केही मात्र मर्मत गर्न सकिने र त्यसका लागि ठूलो लगानी आवश्यक पर्ने देखिएको प्रधानमन्त्री शाहले बताउनु भयो । बाढीका कारण ४ हजार ३१।१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उहाँको भनाइ छ ।

नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःप्रवाह गरिएको, धादिङमा ५८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापित भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।

जलविद्युत् आयोजना क्षेत्रमा उद्धार तथा आवश्यक प्राविधिक कामका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको पनि उहाँले बताउनु भयो ।

‘नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःप्रवाह गरिरहेका छौँ। धादिङमा ५८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले बाढीका कारण ४ हजार ३१।१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको पनि जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

बाठमान्डौ,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताउनु भएको । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको

बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको

प्रधानमन्त्री शाहद्वारा भोटेकोशी बाढीबारे ब्रिफिङ

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराउनु भएको छ। बुधबार बसेको

विपत्तिमा विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

बाठमान्डौ,१७ भदौ ।  प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताउनु भएको

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

बाठमान्डौ,१७ भदौ । संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थाल्नु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले रसुवा बाढीपीडितबारे सम्बोधन गर्नु भएको हो। भदौ १०

जर्मनीको आरोप ड्रोन आक्रमणमा रुस जिम्मेवार,

जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ। जर्मनीका