घटनाबारे अनुसन्धान जारी

होटेलमा एक पुरुष मृत अवस्थामा फेला

 

 

 

कैलालीमा एक पुरुष होटेलमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फेला पारिएको थियो।

गौरीगंगा नगरपालिकाको राजीपुरमाअवस्थित एक होटलमा कैलालीकै घोडाघोडी नगरपालिका १ का ३५ वर्षीय साधन डान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको मृत्यु कारण नखुलेको र घटनाको अनुसन्धान सुरु गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। के कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

यो पनि : मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला

जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई ह’ ‘त्या ग’रेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो ।

अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । ‘जीवित छँदा गरेको अ’परा’धमा सजाय गर्नु परे पनि अ’परा’धीको मृत्युसँगै अ’पराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ ।’ उनले भने, ‘२१ वर्षअघि २६ फागुन ०५७ मा कर णीपछि ह’ ‘त्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै बेला विष्टको ७५ वर्षको उमेरमा २८ जेठ ०७८ मा मृत्यु भएको थियो ।’

घटनाको भोलिपल्टदेखि नै फ’रार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा असोज ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यूयोर्कमा नेपाल–भुटान भेटवार्तातर्फ ध्यान, शरणार्थी र राजनीतिक बन्दीका मुद्दामा संवादको अपेक्षा

तेस्रो मुलुक पुनर्वासपछि पनि समस्या पूर्ण रूपमा अन्त्य भएको छैन। नेपालमा अझै रहेका केही शरणार्थी स्वदेश फर्कन चाहिरहेका छन्

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी