पशुपति सहकारीको कमलमा पनि सेवाकेन्द्र विस्तार

संस्थाले सहकारी सिद्धान्त अनुरुप समुदायप्रतिको चासो एवम् सामाजिक उत्तरदायित्वका विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ ।

दमक, चैत १८ / दमक ६ मा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाले सोमबारबाट कमल गाउँपालिका ५ मङ्गलबारेमा विधिवत रुपमा कमल सेवा केन्द्रको उदघाटन गरेको छ ।

 

 

संस्थाका सल्लाहकार समिति संयोजक प्रेम पाण्डेले पानसमा बत्ति बालेर सेवाकेन्द्र उदघाटन गर्नु भयो । कार्यक्रममा सल्लाहकार युवराज घिमिरे, खगेन्द्र पाण्डे, महेन्द्र खडका, अध्यक्ष मिलन आचार्य, सेवाकेन्द्र प्रमुख जुनु रेग्मी (निरौला), सामाजिक व्यक्तित्व राजु न्यौपाने, शेयर सदस्य कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

 

 

२०७१ सालमा स्थापना भएको सो सहकारीमा २ हजार ५ सय बढी शेयर सदस्य रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । संस्थाले सहकारी सिद्धान्त अनुरुप समुदायप्रतिको चासो एवम् सामाजिक उत्तरदायित्वका विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

बाठमान्डौ,१७ भदौ । संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थाल्नु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले रसुवा बाढीपीडितबारे सम्बोधन गर्नु भएको हो। भदौ १०

जर्मनीको आरोप ड्रोन आक्रमणमा रुस जिम्मेवार,

जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ। जर्मनीका

शव व्यवस्थापन र बेपत्ताको खोजीमा जुट्यो प्रहरी

काठमाडौं ,१७ भदौ। बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन

गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

बाठमान्डौ,१७ भदौ ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको