शिक्षक र कर्मचारीहरु सडकमा

शिक्षक महासंघको आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु

विद्यालय शिक्षा विधेयकलाई ऐन बनाउन माग

दमक, चैत २० / विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र ऐन जारी गर्न माग गर्दै आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले आजबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको छ ।

 

बुधबार दिउँसो हजारौं शिक्षक तथा कर्मचारीहरू माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्मको सडकमा प्रदर्शन गर्दै उत्रिएका थिए । झापाबाट मात्रै १ हजारको संख्यामा शिक्षक तथा कर्मचारी आन्दोलनमा सहभागि भएको उल्लेख छ ।

 

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजबाट अनिश्चितकालीन शैक्षिक आन्दोलन अघि बढाएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाउनु भयो । संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र ऐन निर्माण गरी जारी गर्न माग सहित आन्दोलन निरन्तर अघि बढाउने निर्णय भएको उहाँले बताउनु भयो ।

 

उहाँले भन्नुभयो ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलनलाई काठमाडौं केन्द्रित गराइएको हो ।’ जिल्ला जिल्लाबाट शिक्षक तथा कर्मचारी आन्दोलनमा सहभागि हुने कार्यक्रम अनुरुप हजारौं सहभागि भएका छन् ।

 

आन्दोलनमा सहभागि शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने समेत योजना बनाइएको उहाँको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय